७ मंसिर २०७७, आईतवार

रोनाल्डो चम्कँदा युभेन्टस विजयी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार खेल
2.8kViews
1523 Shares

एजेन्सी । चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् ।

यो पनि पढ्नुहोस् ...  टी २० विश्वकप छनोट : नेपाल पहिलो खेलमा नै अप्रत्यासित हार

रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् ।

जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस् ...  क्रिकेटर सन्दीप लामिछाने उड्ने पक्का

शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ ।

चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित रहेको छ । युभेबाहेक मिलान र तेस्रो स्थानमा रहेको सासुलो पनि यो सिजन अपराजित छ ।

यो पनि पढ्नुहोस् ...  बार्सिलोनाका मिडफिल्डर राफिन्हा लोनमा सेल्टा भिगो गए

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार