७ मंसिर २०७७, आईतवार

एटलेटिकोसंग दश वर्षपछि बार्सिलोना १-० ले पराजित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार खेल
2.3kViews
1186 Shares

एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोले १-० को जित दर्ता गर्दा यानिक फरेर करास्को जितको नायक बने । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् २०१० पछि एटलेटिकोले पहिलो पटक बार्सिलोनालाई हराउँदा डिएगो सिमिओनीले पहिलो पटक बार्सिलोनालाई पराजित गरेका हुन् ।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै खेल गोलरहित राखे ।

यो पनि पढ्नुहोस् ...  प्रदर्शन र नयाँ अध्यक्षमा निर्भर मेस्सीको भविष्य

दशौं मिनेटमा एन्जल कोर्रियाको पासमा मार्कोस लोरेन्टेको प्रहार क्रसबारमा लागेर बहिरिंदा एटलेटिको अग्रता लिनबाट चुकेको थियो । त्यसअघि कोर्रियाकै क्रसलाई पिकेले गोलपोस्ट अगाडी क्लियर गर्दै खतरा टारेका थिए । १३ औं मिनेटमा लिओनेल मेस्सीको चिप प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा खेल बराबरीमा नै रहयो ।

४० औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले अग्रता दिलाउने अर्को अवसर चुकाए । जोर्डी अल्बाले डिफेन्स लाइनलाई बिट गर्दै निकालेको पासमा मेस्सीले वन भर्सेस वनमा फितलो प्रहार गरेपछि गोलरक्षक जान ओब्लाकले सहज बचाउ गरे ।

यो पनि पढ्नुहोस् ...  नेपालले आज मलेसियन लिग विजेता टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा यानिक फरेरा करास्कोले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए । काउन्टर अट्याकमा अघि बढेको एटलेटिकोका लागि करास्कोले झन्डै ४० यार्ड टाढाबाट खाली पोस्टमा गोल गरे । एन्जल कोर्रियाले मिडफिल्डबाट डिफेन्सलाई बिट गरेर दिएको पास लिन निकै अघि बढेका गोलरक्षक टेर स्टेगनलाई करास्कोले नटमेग गरेपछि खाली पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा बार्सिलोनाले खेल बराबरी गर्ने अवसर गुमायो । मेस्सीको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका क्लेमेन्ट लेङलेटले हेडर प्रहार सिधै गोलरक्षक ओब्लाकको हातमा दिए । ६९ औं मिनेटमा फेलिक्सले लामो दुरीबाट गरेको परार पोस्टसम्म पुग्न सकेन ।

यो पनि पढ्नुहोस् ...  पाकिस्तानमा टेनिस खेलाडी अभिलाषा विष्टलाई स्वर्ण

७२ औं मिनेटमा करास्कोले पेनाल्टी क्षेत्रको दायाँ तिरबाट गरेको प्रहार बाहिरियो । ८० औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फ्रिकिक वालमा लाग्दै बाहिरियो । त्यसको एक मिनेटपछि नै मेस्सीको क्रसमा ग्रिजमनको हेडर गोलरक्षकले डाइभ दिँदै बचाए ।

८९ औं मिनेटमा सर्जी रोबर्टोको प्रहार एटलेटिकोका डिफेन्डरलाई लाग्दै बाहिरियो । उक्त प्रहार गर्ने क्रममा चोट बोकेपछि रोबर्टोले मैदान छाडेका थिए । त्यसअघि खेलको ६२ औं मिनेटमा चोटका कारण डिफेन्डर जेरार्ड पिके पनि बाहिरिएका थिए ।

यस जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एटलेटिकोले ८ खेलमा २० अंक जोड्दा सोसिडाडले एक खेल बढी खेलेको छ । बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको दशौं स्थानमा छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार