६ मंसिर २०७७, शनिबार

मृतकका परिवारलाई प्रदेश सरकारको आर्थिक सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार समाचार
1.9kViews
1499 Shares

लमजुङ । बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय मृतक सन्तबहादुर विकका परिवारलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज ५ गते साँझ चट्याङ लागेर मृत्यु भएका विकको परिवारलाई राहतस्वरुप आज प्रदेश सरकारले रु ५० हजार आर्थिक सहयोग गरेको हो ।

उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वडाध्यक्ष भोजबहादुर रिमाल र स्थानीयवासीको उपस्थितिमा प्रदेश सरकारका तर्फबाट प्रदेशसभा सदस्य धनञ्जय दवाडीले मृतक विककी श्रीमतीलाई घरमै पुगेर हस्तान्तरण गरे । सो रकम हस्तान्तरण गर्दै उनले भने, “प्रदेश सरकारले राहत हस्तान्तरण गर्न ढिलो भए पनि यस रकमले परिवारलाई केही सहयोग पुगोस् भनेर प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।” प्रदेश सरकारले यस्ता विपद्बाट घटनाबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् ...  देवरानीको हत्यापछि जेठानीद्वारा आफैमाथि छुरा प्रहार

राहतस्वरुप रकम पाएपछि मृतकको परिवारले खुशी व्यक्त गरेको थियो । मृतककी श्रीमती सन्तकुमारीले भने, “हाम्रो परिवारमा यत्रो ठूलो बज्रपात आइप¥यो, यस्तो बेलामा स्थानीय सरकारदेखि तीन वटै सरकारले साथ दिँदा मन केही हलुङ्गो भयो ।” विक उक्त समयमा घर नजिकै आफन्तकामा बस्दै गर्दा चट्याङ लागेर घाइते भई नगरपालिका ८ मा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लगिए पनि बाटामै मृत्यु भएको अस्पतालको घोषणा गरेको थियो । विकको मृत्युपश्चात् सङ्घीय सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालयले रु दुई लाख र नगरपालिकाले रु एक लाख राहतस्वरुप तत्कालै उपलब्ध गराएको थियो ।

यो पनि पढ्नुहोस् ...  विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहजरुपमा ऋण दिन राष्ट्र बैंकको निर्देशन

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार