६ मंसिर २०७७, शनिबार

चेल्सी प्रिमियर लिगमा न्युकासल युनाइटेडसंग विजयी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार खेल
1.8kViews
1026 Shares

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै चेल्सी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा चेल्सीले दुवै हाफमा १-१ गोल गर्दै २-० को जित दर्ता गरेको हो । खेलको दशौं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । मेसन माउन्टले दायाँ विंगबाट दिएको क्रस क्लियर गर्न नसक्दा फेडेरिको फर्नान्डेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

यो पनि पढ्नुहोस् ...  अष्ट्रेलियालाई भारतमाथि क्लिनस्विपको अवसर

दोस्रो हाफको ६५ औं मिनेटमा ट्यामी अब्राहमले चेल्सीको अग्रता दोब्बर पारे । टिमो वेर्नरले अघि बढाएको काउन्टर अट्याकलाई अब्राहमले गोलले अन्त्य गरेका थिए । वेर्नरले पेनाल्टी क्षेत्रभित्र दिएको थ्रु बललाई इंग्ल्यान्डका युवा फरवार्डले वन भर्सेस वन स्थितिमा गोल गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  म्याराडोनाको मृत्युबारे छानविन सुुरु

यस जितसंगै चेल्सीको ९ खेलमा १८ अंक भएको छ । गोलअन्तरको आधारमा चेल्सी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको लेस्टरले एक खेल कम खेल्दै समान १८ अंक नै जोडेको छ । पराजित न्युकासल भने ११ अंकका साथ १३ औं स्थानमा यथावत रहयो ।

यो पनि पढ्नुहोस् ...  च्याम्पियन्स लिगमा रियल मड्रिड र पिएसजीको सहज जित, टोटेनहम पराजित

शनिबार हुने दोस्रो खेलमा एस्टन भिल्ला र ब्राइटन एण्ड होभ आल्बियन खेल्दैछन् । त्यसपछि उपाधि दावेदार म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच प्रतिस्पर्धा हुनेछ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार