६ मंसिर २०७७, शनिबार

आज राति बार्सिलोना र एटलेटिको भिड्दै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार खेल
2.6kViews
1737 Shares

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना र एटलेटिको म्याड्रिड भिड्दैछन् । खेल नेपाली समयानुसार खेल रातको १:४५ बजे सुरु हुनेछ ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको एटलेटिको घरेलु मैदानमा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्ने सुरमा हुनेछ । टोलीमा उरुग्वेली फरवार्ड लुइस सुआरेज र लुकास टोरेरा कोरोना संक्रमणका कारण उपस्थित हुने छैनन् । सुआरेजको अनुपस्थितिमा जोआओ फेलिक्सले टोलीको आक्रमण सम्हाल्नेछन् ।

यो पनि पढ्नुहोस् ...  मोहमद सलहपछि इजिप्टका मीडफिल्डर मोहमद एल्नेनीमा सङ्क्रमण

मिडफिल्डर हेक्टर हरेरा र डिफेन्डर सिमे भर्साल्को चोटका कारण टोलीमा रहने छैनन् । स्टेफान साभिच, डिएगो कोस्टा र भिटोलो पनि चोटका कारण खेल्ने नखेल्ने शंका छैन । मिडफिल्डमा अघिल्लो साता मात्र क्लबमा आएका मिडफिल्डर जिओफ्रे कोन्डोग्बियाले खेल्ने सम्भावना रहेको छ ।

यता बार्सिलोनाका लागि मिडफिल्डर सर्जियो बुस्केट्स स्पेनसँग रहँदा लागेको चोटका कारण टोलीमा रहने छैनन् । उनीसँगै डिफेन्डर स्यामुएल उम्टिटी, रोनाल्ड अराउजो र अन्सु फाती पनि अनुपस्थित रहनेछन् । मिडफिल्डर फिलिपे कोउटिन्हो भने टोलीमा फर्कनु बार्सिलोनाका लागि सुखद रहनेछ ।

यो पनि पढ्नुहोस् ...  साग फुटबलमा आज बंगलादेशसँग नेपाल भिड्दै, फाइनल पुग्न नेपालले बंगलादेशको जित रोक्नैपर्ने

फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले आक्रमण सम्हाल्ने सम्भावना छ । उनलाई कप्तान लिओनेल मेस्सी, मौसा डेम्बेले र पेड्री रहनेछन् । मिडफिल्डमा फ्रान्की डे जोङ र मिरालेम प्यानिच खेल्नेछन् । कोउटिन्होले बेन्चमा रहेर खेल्ने सम्भावना छ ।

एटलेटिकोले ला लिगाको पछिल्लो २३ खेलमा हार बेहोरेको छैन ।पछिल्लो ६ मध्य ५ खेलमा टोलीले कुनै गोल पनि खाएको छैन । यता बार्सिलोना भने एटलेटिकोविरुद्ध सबै प्रतियोगितामा खेलेको पछिल्लो ११ मध्य १० खेलमा अपराजित छ ।

यो पनि पढ्नुहोस् ...  प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोना र रियल म्याड्रिड विजयी

एटलेटिको ७ खेलमा १७ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । एटलेटिको लिगमा अपराजित एकमात्र टोली हो । आठौं स्थानमा रहेको बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । टोलीले ३ जित, २ बराबरी र २ हारको नतिजा निकालेको छ

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार