६ मंसिर २०७७, शनिबार

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार समाचार
2.8kViews
1122 Shares

नवलपरासी । बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । कात्तिक २७ गते रातिको समयमा बालिका धारामा पानी लिन बलात्कारमा परेको उहाँले बताउनुभयो । पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगँैचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताउनुभयो । किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  बसाइँसराइलाई व्यवस्थित बनाउन सुझाव

बलात्कार प्रयासका आरोपित पक्राउ

सप्तरी– सुतिरहेकी महिलाको कोठामा प्रवेश गरी बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले सप्तरीको खडक नगरपालिकाका २८ वर्षीय मनिषकुमार चौधरीलाई आज पक्राउ गरेको छ ।

ढोकाको माथिको थोरै खुला ठाउँबाट पीडित सुतेको कोठाभित्र प्रवेश गरेका आरोपितले निन्द्रामा रहेका बेला बलात्कार प्रयास गरेको पीडितले आरोप लगाउनुभएको छ । गत कात्तिक २९ गते राति घटना भएको भन्दै कात्तिक ३० गते पीडितले उजुरी दिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  उपत्यका भित्रिनेलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य, नबसे कारवाही

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार एक साताको आवश्यक अनुसन्धानपश्चात उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको छ । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

यो पनि पढ्नुहोस् ...  विमान उडाइरहेका बेला नेपाल एयरलाइन्स पाइलट मस्त निदापछि

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार