६ मंसिर २०७७, शनिबार

वृद्धाश्रमलाई खाद्यान्न एवं नगद सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार ३ नं. प्रदेश
2.8kViews
1365 Shares

पोखरा । वैवाहिक जीवनको २५औँ वर्ष पार गरेका उपलक्ष्यमा यहाँको एक दम्पतीले पोखरा महानगरपालिका– १७ सीतापाइलास्थित वृद्धाश्रममा खाद्यान्न एवं नगद सहयोग गरेको छ । हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उहाँकी श्रीमती देवीले पोखरा वृद्धाश्रमलाई सहयोग गर्नुभएको हो ।

यो पनि पढ्नुहोस् ...  राम्रो सन्देशको जानकारी पछि काभ्रे युवा उद्यमी मञ्चको सहयोग

वैवाहिक वर्षगाँठका नाममा अनावश्यक खर्च गरी भड्किलो बनाउने प्रचलन बढिरहेको वर्तमान अवस्थामा बस्नेत दम्पतीले रु १० हजार मूल्य बराबरका खाद्यान्न तथा नगद आज वृद्धाश्रममा पुगेर अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गरेको हो ।

सहयोग सामग्री बुझ्दै अध्यक्ष पराजुलीले मानवीय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको जनाउँदै बस्नेत दम्पतीलाई सहयोगका लागि आभार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले समाजका असहाय एवं विपन्न वर्गका वृद्धवृद्धा र सेवकसेविका गरी आश्रममा हाल ५५ जना आबद्ध रहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  चन्दका जिल्ला नेता बनेपाबाट पक्राउ

प्रत्येक वर्ष दुवै जनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित गर्दै आएको र आप्mना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गर्ने विश्वास बस्नेत जोडीको रहेको छ । विस्ं २०५२ मा स्थापना गरी जनस्तरबाट सञ्चालन हुँदै आएको छ । ९तस्वीर उपलब्ध छ

यो पनि पढ्नुहोस् ...  मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार