६ मंसिर २०७७, शनिबार

जर्मनीमा एकैदिनमा २३ हजार बढीमा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार विश्व
2.3kViews
1753 Shares

काठमाडौँ । जर्मनीमा कोरोनभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन् ।

कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना सङ्क्रमित भएका छन् ।

यो पनि पढ्नुहोस् ...  पाकिस्तानमा कोरोना संक्रमितको संख्या १ लाख ७१ हजार पार

जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ ।

यो पनि पढ्नुहोस् ...  फेसबुकले राष्ट्रपति ट्रम्पको स्टाटस किन हटाइयो ?

एक दिन अगाडि एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या २३ हजार ६४८ र मृत्यु भएकाहरुको सङ्ख्या २६० पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको हो ।

यो पनि पढ्नुहोस् ...  १ सय बढी वैज्ञानीक हाइड्रोक्सीक्लोरोक्वाइन औषधी बारे डब्लुएचओकोविरुद्ध खनिए

कोरोनाका कारण अहिलेसम्म विश्वभरी पाँच करोड ७९ लाख १५ हजार ५५९ जना सङ्क्रमित भएका छन् भने १३ लाख ७७ हजार ८२६ जनाको मृत्यु भएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार