६ मंसिर २०७७, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पमा जेठा छोरा पनि कोरोना पुष्टि

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार विश्व
2.9kViews
1003 Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् ।

“कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ,” ती प्रवक्ताले भनेका छन्।
सङ्क्रमित पुष्टि भएसँगै उहाँ क्यारेन्टाइनमै रहनु भएको पनि प्रवक्ताले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् ...  आफ्नो कारण ३८ मिनेट उडान ढिला भएपछि मेक्सिकोकी वातावरणमन्त्रीले दिइन्, राजीनामा

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो ।

यो पनि पढ्नुहोस् ...  भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी हुनुभएको थियो । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सवैले मास्क लगाएका थिएनन ।

यो पनि पढ्नुहोस् ...  अफगानिस्तानमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गयो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार