६ मंसिर २०७७, शनिबार

राष्ट्रसंघका महासचिवद्धारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार प्रवास
2.5kViews
1037 Shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गर्नुभएको हो ।

जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उहाँले विश्वका नेताहरुलाई यो आग्रह गर्नुभएको बताइएको छ । विश्वमा अहिले विशेष गरेर कोभिड १९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उहाँले यस्ता र अरु पनि समस्याहरु रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  नयाँ दिल्लीमा आकाशे पुल नै चोरी

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने र भन्दै उहाँले शुक्रबार सो कुरामा जोड दिनुभएको थियो । शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

यो पनि पढ्नुहोस् ...  आसाममा बाढी, ९३ जनाको ज्यान गयो, ३०० भन्दा बढी चौपाया मरे

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– विश्वका जी २० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।

यो पनि पढ्नुहोस् ...  कुन्दुजमा तालिबानद्वारा मोर्टार आक्रमण, ७ जनाको मृत्यु

उहाँले कोभिड १९ को समस्याले निरन्तर रुपमा सपशपवका कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरु पनि लाग्नुपर्ने बताउनुभउयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार