६ मंसिर २०७७, शनिबार

जयनगर–जनकपुर सम्ममा रेल सञ्चालन गरिँदै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार समाचार
1.5kViews
1775 Shares

काठमाडौँ – जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ ।

कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर कुर्थासम्म रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर एसडीपीका लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ ।

यो पनि पढ्नुहोस् ...  वीरेन्द्रनगर औद्योगिक क्षेत्रका २७ मध्ये सात उद्योग सञ्चालनमा आए

कार्यविधिबारे भारतले प्रस्ताव गरेको विषयमा नेपालले केही परिमार्जनको प्रस्ताव राखेको उनले जानकारी दिए । बैठकले जयनगर–विजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अगाडि बढिरहेको सीमापार रेलमार्ग परियोजनाको समीक्षाका साथै यात्रुबाहक रेल सेवा सञ्चालन गर्न भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षद्वारा छलफल गरिएको सचिव श्रेष्ठले बताए । उक्त रेलमार्ग सञ्चालन गर्न असोज २ गते भारतबाट खरिद गरिएका दुईवटा डेमो रेल अहिले धनुषाको इनरुवा स्टेसनमा पार्किङ गरिएका छन् ।

यो पनि पढ्नुहोस् ...  गणतन्त्रका विरुद्ध धावा बोल्ने ज्ञानेन्द्र शाहीलाई तह लगाउनुपर्ने बेला आयो

त्यसैगरी बैठकमा भारतको जोगवनी र नेपालको विराटनगर बीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्न तीव्र रूपमा काम अगाडि बढाउन दुवै पक्षले सहमति जनाएका थिए । तीन अर्ब ७४ करोड भारतीय रुपियाँ अनुदान सहयोग अन्तर्गत सो अन्तरदेशीय परियोजनाको निर्माण भइरहेको बैठकपछि नेपाल र भारतद्वारा जारी संयुक्त पे्रस विज्ञप्तिमा जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

यो पनि पढ्नुहोस् ...  तिहार विदामा देशभरका आयल निगमका डिपो खुल्ला रहने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार