५ मंसिर २०७७, शुक्रबार

‘क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार प्रवास
1.7kViews
1416 Shares

काठमाडौँ । प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहो¥याएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई लिएर पश्चाताप भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आँफूले देशको नियम र कानूनको पालना गरेकोमा पश्चाताप नहुने बताउनुभएपछि चीनको प्रतिक्रिया आएको हो ।

यो पनि पढ्नुहोस् ...  दिल्लीबाट आयो खुसीको खबर : स्वाइन फ्लूको औषधिले कोरोनाको बिरामी निको भयो

ट्रुडोले एसिया प्यासिफिक आर्थिक सहकार्य (एपेक) को प्रमुख कार्यकारी अधिकृतसँगको वार्तामा भनेको कुरालाई लिएर चीनको प्रतिक्रिया आएको हो । ट्रुडोले भन्नुभएको थियो, “के म क्यानाडाले आफ्नो कानुनलाई पालना गर्दा पछुतो मानौँ । क्यानाडाले आफ्नो निकट सहयोगीसँगको लामो समयदेखि पालना गर्दै आएको सुपुर्दगी सन्धिको पालना गर्दा पश्चाताप गरौँ ? पक्कै पनि हुँदैन ।”

यो पनि पढ्नुहोस् ...  बाँकी विश्व कोरोना भाइरससँग लड्दै गर्दा उत्तर कोरिया गर्‍यो ब्यालेस्टिक मिसाइल प्रहार

झाओले प्रतिक्रिया दिनुभयो, “किन क्यानाडा मात्रैै एउटा यस्तो मुलुक भएको छ जसले सुपुर्दगी सन्धिलाई पालना गर्नुपर्ने ? किन अमेरिकाका सहयोगी अन्य मुलुकले यो जिम्मेवारीलाई मान्दैनन् ।”

किनकि उनीहरू अमेरिकाको भद्दा हस्तक्षेपमा सहमत छैनन् । उनीहरूले अमेरिकाको निजी स्वार्थ र सन्तुष्टिका लागि आफ्ना नागरिकको विपरितमा केही काम गर्दैनन् ।
मेङ वाङ झाउको मुद्दामा चीनको अडान निरन्तर स्पष्ट तथा एउटै रहेको झाओले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  कोरोना भाइरसभन्दा यशु ठुला भन्ने चर्चका पास्टरको ज्यान गयो

क्यानाडाले तथ्यलाई तोडमोड गरेको र वास्तविकतालाई लुकाएर क्यानाडेली नागरिकलाई नै गलत बाटोमा लान खोजेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ ।

हामीलाई थाहा छ, क्यानाडाका स्पष्ट तथा दूरदर्शी राजनीतिज्ञ, कानुनविद्, न्यायाधीश र पूर्व कुटनीतिज्ञहरूले खुला रूपले क्यानाडेली सरकारलाई मेङ वाङ झाउको मुद्दाबारे स्वतन्त्र निर्णय लिन माग गरिरहेका छन् । यसलाई क्यानाडेली नेतृत्वले बुझ्न जरुरी छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार