५ मंसिर २०७७, शुक्रबार

म्याग्दीमा पहिलो पटक मनाइयो छठ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार समाचार
2.1kViews
1606 Shares

म्याग्दी । वीरगञ्ज स्थायी घर भएका विजयकुमार साह १५ वर्षदेखि बेनीमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विगत वर्षमा पूर्वीतराईमा बसोबास गर्ने नेपालीले विशेष महत्वका साथ मनाउने छठका लागि साह परिवारसहित तिहारअघि नै जन्मथलो जानुहुन्थ्यो ।

यसपालि कोरोना महामारीका कारण साहले बेनीमै छठ पर्व मनाउँदै हुनुहुन्छ । “कोरोनाको जोखिमले गर्दा छठ मनाउन घर जान पाइएन”, उहाँले भन्नुभयो, “आफ्नो संस्कार र संस्कृति छोड्नु हुन्न भनेर बेनीमै छठ मनाउन लागेका छौँ ।” साहलगायत यहाँ बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक छठ पर्व मनाएका हुन् ।

यो पनि पढ्नुहोस् ...  हत्याको आरोपमा सातजना विरुद्ध उजुरी दर्ता

करिब दुई दशकदेखि बेनीमा व्यवसाय गर्दै आउनुभएका भारतको बिहारका सुकन साहले म्याग्दीमा पहिलो पटक छठ मनाइएको बताउनुभयो । म्याग्दीलाई २०७५ माघमा नेपालको २१ औँ हिमाली जिल्लामा सूचीकृत गरिएको थियो । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पूजाआजा र नदीमा वर्तालुले अघ्र्य दिएका छन् ।

सूर्यदेवको उपासना गरेर हरेक वर्षको कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । शुक्रबार साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अघ्र्य दिएकी सीमादेवी साहले शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सकिने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  जङ्गलमा घाँस काट्न गएकी एक महिला मृतावस्थामा फेला

पिङ्कीदेवी साहले तीन दिनसम्म पानी पनि नखाई ब्रत बसेर छठ पर्व मनाएको बताउनुभयो । छठको कठोर ब्रत बस्नाले चिताएको पूरा हुने विश्वास छ । शुद्ध बस्त्र लगाएर ब्रत बस्ने चलन छ । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अघ्र्य चढाएका थिए ।

यो पनि पढ्नुहोस् ...  पशुपतिदेखि सिफलसम्मको बस्ती हटाउनेगरि ल्याइएको गुरुयोजनाको विरोध

ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए । छठ पूजा गरेको देखेर अनौठो मानेका थिए । आफ्नै जन्मथलोमा जसरी विधिपूर्वक छठ मनाइरहेको सञ्जय साहले बताउनुभयो । म्याग्दीका विभिन्न ठाउँमा करिब १०० जना तराईवासी र व्यवसायी रहेका छन् ।
–––

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार