५ मंसिर २०७७, शुक्रबार

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो

2.6kViews
1399 Shares

मेक्सिको । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् ।

यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी दिए  । उनले बिहीबार दिएको जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस् ...  कोभिड–१९ सङ्क्रमितका लागि ‘दैनिक चिकित्सक सेवा’ कार्यक्रम सञ्चालनमा

स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिए । उनले भने  – मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।

उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ । बिहीबारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टा एता मेक्सिकोमा ५७६ जनाको यस सङ्क्रमणबाट नै ज्यान गएको छ ।

यो पनि पढ्नुहोस् ...  सप्तरीमा कोरोना सङ्क्रमित मिर्गाैलापीडित युवकको मृत्यु

यहाँ हरेक दिन करिब पाँच हजार जना सङ्क्रमित थपिने गरेका छन् । गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना सङ्क्रमित थपिएका थिए ।

यो समेत गरी मेक्सिकोमा सङ्क्रमितको सङ्ख्या १० लाख १९ हजार ५४३ जना पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार