५ मंसिर २०७७, शुक्रबार

बाल अधिकारको सम्मान गर्न आग्रह

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार समाचार
2.5kViews
1029 Shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको संरक्षण गर्न सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाल अधिकारसम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न तथा बालविवाह, बालश्रम, बाल यौन दुव्र्यवहारजस्ता बालहितविपरीत घटना निराकरण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  कर्णालीको कलह उत्कर्षमा

कोभिड–१९ को महामारीको अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचसमेत बालबालिका वञ्चित हुन पुगेको उल्लेख गर्दै नेपालले बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तरराष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट

विभिन्न कारणले बालबालिका सामाजिक बहिष्करण, डर, त्रासलगायत कारण बलात्कार तथा यौन हिंसाबाट पीडित बालिका न्यायप्राप्तिको अधिकारबाट बञ्चित हुनुपरेको आयोगको अध्ययनको क्रममा देखिएको उल्लेख गरिएको छ । बाल अधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि संयुक्त राष्ट्र सङ्घद्वारा बालअधिकारसम्बन्धी महासन्धि, १९८९ जारी भएको आज ३१ वर्ष पूरा भएको छ । यस अवसरमा आयोगले सम्पूर्ण बालबालिकाप्रति शुभकामना व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस् ...  करेन्ट लागेर एकको ज्यान गयो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार