५ मंसिर २०७७, शुक्रबार

कौसी खेती गर्ने पुरस्कृत

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार ३ नं. प्रदेश
2.7kViews
1566 Shares

वाग्मती । वाग्मती प्रदेश भित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना आज भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् । विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहनुभएकी स्वयंभू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कार स्वरुप पाउनुभयो ।

यो पनि पढ्नुहोस् ...  प्रदेश ३ को अस्थायी राजधानीमा भव्य मनायो संविधान दिवस

भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी उत्पादन गर्दै आइरहेको भगवतीको भनाइ थियो । “घरको कौसीमा तरकारी उत्पादन गर्दा सम्मान पाउछु भन्ने सोचेको थिइन”, उहाँले भन्नुभयो । यसैगरी विगत सात वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएनुभएकी ग्वार्काे वडा नं १ सुगमटोल निवासी कोपीला खनाल पनि रु १६ हजार ८५० बराबरको सो खेतीका लागि आवश्यक सामग्रीबाट पुरस्कृत हुनुभयो । पसल गएर दैनिक तरकारी किन्नुभन्दा छतमा उक्लेर तरकारी टिप्नु उचित महसुस गरेर सो उत्पादनलाई वढवा दिँदै आइरहेको कोपीलाले सुनाउनुभयो । एकवर्षदेखि सो खेतीलाई बढवा दिँदै आइरहनुभएकी गोठाटार निवासी पवित्रा भण्डारीसमेत रु २५ हजार ३५० बराबरको सो खेतीका लागि चाहिने सामनबाट पुरस्कृत हुनुभयो । आफूले उत्पादन गरेका तरकारी समयमै खाइनसकेर केही दिनअघि छिमेक तथा साथीभाइलाई निःशुल्क तरकारी वितरण गरेको पवित्राले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  तेमालमा सडक अनुगमनसँगै वडा कार्यालय शिलान्यास

कार्यक्रममा वाग्मती प्रदेश, सहकारीमन्त्री दावादोर्जे लामाले कौसी खेतीले अर्गानीक उत्पादनमा जोड पु¥याउनुका साथै स्वस्थ्य जीवन यापन गर्न पनि सहयोग गर्ने चर्चा गर्नुभयो । सो मन्त्रालयका सचिव डा मतिना बैधले गतवर्ष प्रदेश सरकारले उक्त खेती प्रवद्र्धनका लागि काठमाडौँका ८२५ र चितवनका सय घरलाई ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको बताउँदै कृषि पेशा मानिसको जीवनको मूल उद्देश्यसमेत रहेको औँल्याउनुभयो । हलोखबर डटकमका सम्पादक मनोज श्रेष्ठले वाग्मतीका १२० कौसी किसानमध्ये उत्कृष्ट सातलाई सम्मान गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  प्रदेश ३ सरकारले मनहरिमा दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार