५ मंसिर २०७७, शुक्रबार

दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगिता-२०७७ को तयारी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार समाचार
2.4kViews
1540 Shares

राजु तामाङ, सर्लाही। सर्लाहीको बागमती नगरपालिकामा दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगिता आगामी १८ गतेबाट सुरु हुने भएको छ। मेयरकपको सम्पूर्ण तयारी सकेको भन्दै आज आयोजकको जिम्मेवारी पाएको अन्नपूर्ण सहारा क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

यसपटकको प्रतियोगिताको आयोजना वडा नम्बर ३ ले जिम्मेवारी पाएको छ आयोजकको दुई टिम गरी जम्मा १३ वटा टिमको सहभागीता रहनेछ। खेलमा प्रवेश शुल्क तोकिएको छैन तर वडा अध्यक्षले तोकिएको र सिफारिस गरिएको आफ्नो वडा भित्रका खेलाडीले मात्रै पहिचान खुलाई खेलाइने क्लबका अध्यक्ष टंक बोहराले जानकारी गराए।

यो पनि पढ्नुहोस् ...  आफ्ना भन्नेहरुले नै बेचिन्छन छोरीचेली

स्थानीय स्तरको खेलाडीको क्षमता विकास गर्ने, नगरभित्रका खेलाडीको प्रतिभा खोज्ने, सम्भावना बोकेका खेलाडीलाई अगाडी बढाउन पहिचान गरी छनोट गर्दै आगामी राजर्षि जनक कप फुटबल प्रतियोगितामा पनि अवसर दिने उद्देश्यले आयोजना गरिएको बागमती नगरपालिकाका खेलकुद संयोजक समेत रहेका बागमती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक लामाले जनाए।

यो पनि पढ्नुहोस् ...  मुलुकका अधिकांश भू–भागमा वर्षाको सम्भावना

दोस्रो मेयर कपको आयोजना गर्न नगरपालिकाको आर्थिक सहयोग रहेको र थप आर्थिक संकलन पनि भैरहेको आयोजकले जनाइएको छ। प्रतियोगिता १८ गतेबाट सुरु भै ३० गते फाइनल खेल हुने आयोजकले जानकारी गराए प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडाका वडा अध्यक्ष तिलक मोक्तानले जानकारी गराए।

यो पनि पढ्नुहोस् ...  म्याग्दी पहिरो : २९ जना बेपत्ता

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार