५ मंसिर २०७७, शुक्रबार

बार्सिलोनामा १ सय ९६ गोल गर्दा नि नचाहेको सुआरेज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार खेल
2.6kViews
1397 Shares

एजेन्सी – पछिल्ला केहि दिनमा उरुग्वे तथा एट्लेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेज चर्चामा छन् । बार्सिलोनामा रहँदाका केहि स्मरण केहि दिन अघि सर्वजनिक गरेको सुआरेज कोरोना संक्रमणका कारण अहिले मैदान बाहिर छन् ।

यसैबीच, उनले बार्सिलोनामा चार वर्षका लागि सम्झौताको प्रस्ताव गरेको खुलासा गरेका छन् । यदि त्यो सम्झौता हुन्थ्यो भने सुआरेज ३७ वर्षको उमेर सम्म त्यहि हुने थिए । तर, बार्सिलोना बोर्ड त्यसमा इच्छुक देखिएन ।

यो पनि पढ्नुहोस् ...  केन विलियम्सन र ट्रेन्ट बौल्ट टी ट्वान्टी टोलीबाट बाहिर

त्यति बेला घुडाँको चोट पीडित सुआरेजले माग गरे जस्तो बार्सिलोना दिन तयार भएन । टोलीले उनलाई २ वर्षको सम्झौता गर्यो । त्यसको अर्थ थियो, बार्सिलोनाले आफ्नो विकल्पमा खेलाडी तयार पार्ने योजनामा रहेको उनले बुझेका थिए । पछिल्लो सिजन उनले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । उनी अर्को एक वर्ष बार्सिलोनामा सम्झौता रहँदा रहँदै अन्ततः छाड्ने निर्णयमा पुगेका थिए ।

यो पनि पढ्नुहोस् ...  नेपालको पहिलो प्रतिद्वन्दी मलेसिया

बार्सिलोना १५ उपाधि, १ सय ९६ गोल

रोनाल्ड कोम्यान प्रशिक्षकका रुपमा बार्सिलोना पुगेपछि उनले आफ्नो योजनामा नरेहका खेलाडीलाई फोन गरे । जसमा सुआरेज पनि थिए । यद्दपी क्लबमै रहेको खण्डमा विकल्पका रुपमा उनलाई प्रयोग गर्न सकिने कोम्यानले बताएका थिए ।

कोम्यानको योजनामा नरहेको बुझेपछि सुरुआरेजले एट्लेटिको सँग २ वर्षको सम्झौता गरे । जहाँ उनले सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । उनले ९ खेलमा ५ गोल गरिसकेका छन् ।

यो पनि पढ्नुहोस् ...  प्रथम सगरमाथा स्कुल मिर्चैैया नगर प्रिमियर लिग सुरु

बार्सिलोनामा ५ सिजन रहँदा सुआरेजले १ सय ९६ गोल गर्दै १५ उपाधि जितेका थिए । सुआरेजले क्लब छाड्दा सबैभन्दा बढी दुःखी लिओनल मेस्सी रहेको बताइन्थ्यो । उनीहरुबीचको सम्बन्ध अहिले पनि राम्रो रहेको बताइन्छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार