५ मंसिर २०७७, शुक्रबार

सेरीघाटको बेलिब्रिज जीर्ण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार समाचार
2.6kViews
1727 Shares

कर्णाली । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा अवस्थित तिला नदीको बेलिब्रिज जीर्ण बनेको छ । जडान भएको लामो समयसम्म मर्मत नहुँदा जीर्ण बनेको हो ।

कालीकोट र जुम्लामा सवारी साधन पु¥याउन १५ वर्ष अगाडि सो नदीमा बेलिब्रिज जडान गरिएको थियो । स्थानीय पदम विष्टले भन्नुभयो, “ बेलिब्रिजको संरक्षण पनि छैन । मर्मत पनि छैन । कति बेला भत्किने हो पत्तो छैन ।”

यो पनि पढ्नुहोस् ...  महराको बकपत्र सुरु

कालीकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाको बीचमा सो बेलिब्रिज जडान गरिएको थियो । जडान गर्दा २४ टन भारबहन क्षमता लेखिएको थियो । रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले पुलमा अहिले पनि ठूलठूला मालबाहक सवारी साधन नियमित रुपमा चल्ने गरेका बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  जङ्गलमा घाँस काट्न गएकी एक महिला मृतावस्थामा फेला

पुलको दुवैतिरबाट वर्षात्को भलसमेत नतर्काउँदा बाढीले बगाएर ल्याएको माटोले पुल जोखिम समेत बढाएको छ । पुलमा किलाकाटा खिया लागेका छन् । यसतर्फ सडक विभाग, पुल क्षेत्रमै कालोपत्रे गर्ने निर्माण व्यवसायी र सरोकारवाला कसैले पनि ध्यान नदिएको स्थानीयको भनाइ छ ।
“ पुलको १० देखि १५ वर्षसम्म मात्र समयावधि हुन्छ । संरक्षणको अभावमा खियाले फलाम छिटो कमजोर हुने हँुदा यसको आयु घट्दै गएको छ ।” अध्यक्ष बमले भन्नुभयो, “अर्को पक्की पुल निर्माण प्रक्रियासमेत सरकारी तवरबाट थालिएको छैन ।”

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्री नरेन्द्र मोदी भदौं अन्तिम साता नेपाल भ्रमणमा आउने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार