५ मंसिर २०७७, शुक्रबार

किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार समाचार
1.6kViews
1615 Shares

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवद्र्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० घार वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरमा मौरीपालन गर्ने कृषकलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्री ओलीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किए

नगरपालिकामा व्यावसायिकरुपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ किसानलाई दुई÷दुई वटाका दरले बिहीबार मौरीको घार प्रदान गरिएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायत १७ सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिनुभयो । माहुरी स्रोत केन्द्र सञ्चालनबाट आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  ‘ देश हाँक्ने हो भने समाजवादी पार्टी र राजपाबीच एकता गर्नुपर्छ'

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार