५ मंसिर २०७७, शुक्रबार

चिसो बढेसँगै बेँसी झार्न थाले भेडीगोठ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार समाचार
1.7kViews
1084 Shares

काठमाडौँ । चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थालेका छन् । गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेडीगोठलाई लिइन्छ । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका केशबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घलेगाउँको दुई भेडीगोठ रहेका छन् । यी भेडीगोठमा एक हजार २०० भन्दा बढी भेडाबाख्रा रहेका छन् । ” हिमालको काखमै रहेको ठूले लेकमा पुगेर केहीहप्ता अघि गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस् ...  संबिधानको चार बर्ष:रोकिएन रोजगारीका लागि विदेशीनेको संख्या

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे–ल्हेदे आइपुगेको र केही भेडीगोठ गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकोमा अहिले ठूलागीमा झरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला बेँसी झरिसकेका छन् । यहाँका भेडीगोठ छ महिना लेकमा र छ महिना बेँसीमा रहन्छ । बेँसी झरेको भेडीगोठ गर्मी सिजन शुरु भएपछि मात्रै लेकमा फर्किन्छन् । जिल्लामा घुम्ती भेडीगोठ ९० रहेको र यी भेडीगोठ लेकबाट बेँसी झरिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  श्रमिक वर्ग केन्द्रित कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह

उहाँले भन्नुभयो, “भेडीगोठबाट निस्किएको मलबाट खेतबारीमा प्रयोग गरिन्छ ।” त्यस्तै, भेडाको ऊन निकालिन्छ । केन्द्रका अनुसार जिल्लाभर २३ हजार भेडीगोठ रहेका छन् । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी रु ३०० मूल्य रहेको छ । त्यस्तै, वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् ...  सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएको बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार