५ मंसिर २०७७, शुक्रबार

पाँचथरमा विभिन्न मुद्दाका ५ फरार अभियुक्त पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार समाचार
2.1kViews
1041 Shares

पाँचथर । पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो ।

प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभियुक्तलाई ताप्लेजुङको तेल्लोकबाट पक्राउ गरेको छ । विसं २०७४ असार १ गते पाँचथरको हिलिहाङ गाउँपालिका–४ की आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका ती अभियुक्तलाई इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको सहयोगमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । उनलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको र नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्रीको रात्रीभाज : बर्खातीमा परेका मन्त्रीहरुद्धारा बहिष्कार

यस्तै सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना १५ दिन कैद र रु चार हजार जरिवाना तोकिएका जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का नेत्रसिं दमाईलाई समेत पक्राउ गरेको छ । उनीमाथि ट्र्याक्टरले ठक्कर दिई वृद्धलाई गम्भीर घाइते बनाएको र घाइतेको उपचारका क्रममा मृत्यु भएको अभियोग लागेको छ ।

यो पनि पढ्नुहोस् ...  अस्ट्रेलियाको सपना देखाएर इन्डोनेसियामा बनाए बन्धक

यस्तै प्रहरीले बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय तोकिएका जिल्लाको फिदिम नगरपालिका–९ का थिरमाया थेगिम, कुटपिट मुद्दामा तीन महिना कैद सजाय तोकिएका फिदिम–५ का धनसिंह भनिने चन्द्रकुमार राई र चोरी मुद्दामा तीन दिन कैद सजाय तोकिएका जिल्लाको कुम्मायक गाउँपालिका–५ का उत्तम भण्डारीलाई समेत पक्राउ गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार