५ मंसिर २०७७, शुक्रबार

प्रशिक्षक ग्वार्डिओला सिटीमै रहने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार खेल
1.7kViews
1007 Shares

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षको लागि नयाँ सम्झौता गरेका हुन् । यससँगै ग्वार्डिओला सन् २०२३ सम्म सिटीमा रहनेछ । ग्वार्डिओलाको सम्झौता यसै सिजनको अन्त्यसम्म रहेको थियो ।

यो पनि पढ्नुहोस् ...  सागको महिला भलिबलमा आज सेमिफाईनलका खेल हुँदै

४९ वर्षीय प्रशिक्षक ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखबाट सिटी आएका थिए । त्यसअघि उनी क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रहेका थिए ।

सिटीसँगको नयाँ सम्झौतापछि ग्वार्डिओलाले सिटीमा राम्रो आतिथ्यता रहेको र यहाँको खेलाडी, अफिसियल, समर्थक, म्यानचेस्टरका जनता, सिटीको अध्यक्ष र मालिकबाट राम्रो साथ पाइरहेको बताए । उनले सिटीमा रहँदा ठुलो सफलता पाएको र एकैसाथ ट्रफी र गोल गर्न सफल हुदा गौरवको महसुस भइरहेको बताए ।

यो पनि पढ्नुहोस् ...  स्विस फुटबल फेडेरेसनका अध्यक्ष ब्लाँच कोरोना भाइरसबाट संक्रमित

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले तीन इएफएल कप, दुई प्रिमियर लिग, दुई एफए कम्युनिटी शिल्ड र एक एफए कप जितेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।

यो पनि पढ्नुहोस् ...  साफ यू-१५ फूटबल च्याम्पियनसीप:भुटानविरुद्ध नेपाल,विजयी भएमा शीर्ष दुईमा अट्ने

सिटीले सिजनको अन्त्यपछि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी ल्याउने चर्चा चलिरहेको छ । ग्वार्डीओलाको बसाईं लम्बिनुले पनि मेस्सी सिटी आउने सम्भावना बलियो भएको छ । सिटीले यसअघि पनि पटक पटक मेस्सीलाई भित्र्याउने इच्छा जाहेर गरेको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार