४ मंसिर २०७७, बिहीबार

बालकलाई ठक्कर दिएर मोटरसाइकलसहित फरार भएका २ पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ४ मंसिर २०७७, बिहीबार समाचार
2.8kViews
1302 Shares

सुर्खेत । तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकलसहित फरार भएका दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–५ का जीवन चौहान र नवीन भनिने अमर सलामीलाई मोटरसाइकलसहित आज दिउँसो पक्राउ गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण

वीरेन्द्रनगर १ का तीन वर्षीय समीर नेपालीलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाइकलले ठक्कर दिँदा उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

घटनाको एक दिन बितिसक्दा प्रहरीले दोषी पक्राउ गर्न नसकेको भन्दै बुधबारदेखि पीडित पक्षले कर्णाली राजमार्गको बाङ्गेसिमल खण्डमा सडक अवरुद्ध पारेका थिए ।

यो पनि पढ्नुहोस् ...  यसकारण सुनको मुल्य आकाशियो

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले पक्राउ परेका दुई जनामाथि सोधपुछ भइरहेको बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि १६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

तीमध्ये लु ६२ प ७००३ नम्बरको मोटरसाइकलका चालक सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । प्रहरी कार्यालयमा चालकका अभिभावकले उक्त मोटरसाइकल बुझाएका थिए ।

यो पनि पढ्नुहोस् ...  अब मात्र १ रुपैयाँमा तपाईले नेपालमै किन्न सक्नुहुन्छ, मोटरसाइकल

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार