४ मंसिर २०७७, बिहीबार

सुनको मूल्यमा गिरावट, तोलाको कति ?

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ४ मंसिर २०७७, बिहीबार अर्थ
1.9kViews
1159 Shares

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

यो पनि पढ्नुहोस् ...  सुनको मूल्य तोलाको ६०० बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो ।

यो पनि पढ्नुहोस् ...  सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कती ?

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

यो पनि पढ्नुहोस् ...  सुनको मूल्यमा वृद्धि

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार