४ मंसिर २०७७, बिहीबार

पेट घटाउने घरेलु उपायहरु

13.0kViews
1369 Shares

१. यदि तपार्ईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

२. बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

यो पनि पढ्नुहोस् ...  याैन सम्पर्क नगर्ने महिला चाँडै बुढी हुन्छन् : अध्ययन

३. खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

४. शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

५. खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस् ...  ग्याष्ट्रिक ठिक पार्ने घरेलु उपायहरु जानिराखौ

६. बिहानको खाना धेरै खादा फरक पर्दैन ।

७. खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

८. दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

यो पनि पढ्नुहोस् ...  निर्माणधीन स्वास्थ्यचौकीको भवन अलपत्र

९. यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ ।

१०. नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
– यसका अलावा पेट घटाउन नियमित व्यायाम पनि अनिवार्य गर्नुपर्छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार