३ मंसिर २०७७, बुधबार

भाईटिकाकै राती अत्याधिक मदिरा सेवन गरी आफ्नै श्रीमतीको हत्या

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ मंसिर २०७७, बुधबार समाचार
2.2kViews
1614 Shares

डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–७ साँदनीमा भाईटिकाकै राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन ।इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृतक पुनमगरसँग अत्याधिक मदिरा सेवन गरेका श्रीमानको समान्य विवाद भएको र विवादका क्रममा कुटपिट हुँदा घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  प्रहरी चौकीमाथि आक्रमण गर्ने विप्लव नेकपाको प्रयास असफल

घटनापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न पुनमगरलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  श्रीअन्तु : व्यवसायीको पेसा नै धरमरमा, के गर्दैछन् स्थानीय तह ?

आर्थिक अवस्था कमजोर रहेका पुन मगरले श्रीमतीको हत्या गरेपछि उनी प्रहरी हिरासतमा पुगिसकेको र बालबालिकाहरुको विचल्ली भएको साँदनी विपद् व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर भण्डारी ‘आँशु’ ले बताए । मृतक पुन मगरको शव व्यवस्थापन र पोष्टमार्टमका लागि साँदनी विपद् व्यवस्थापन समितिले ९ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । मृतक दम्पत्तीका चार छोरा र दुई छोरी छन् । दुबै छोरीको बिहे भइसके पनि छोराहरु सानै भएकाले विजोगमा परेको छिमेकी धिरेन्द्रसिँह जाग्रीले बताएको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् ...  बन्यो यस्तो नयाँ नियम,अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार