दशैं-तिहारको अवधिमा धादिङमा ४३ जना जुवाडे पक्राउ

उज्यालो प्रतिनिधि ३ मंसिर २०७७, बुधबार समाचार

धादिङ । दशैं-तिहारको अवधिमा धादिङमा ४३ जना जुवाडेलाई पक्राउ गरी उनीहरूको साथबाट ४ लाख ३१ हजार ७१० रुपैयाँँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

मंगलबार धुनिबेँशी नगरपालिका-८ खानीखोलाबाट १ लाख ७९ हजार ६७५ रुपैयाँ नगदसहित २१ जना जुवाडेलाई पक्राउ गरेको हो । स्थानीय कृष्ण बानियाँको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत कार्तिक १३ गते धुनिबेँशी नगरपालिका-९ बाट ५२ हजार ५०५ रुपैयाँ नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेका थिए । यस्तौ कार्तिक १४ गते सोही नगरपालिका-७ नौबिसेबाट ९७ हजार ६ ६५ नगरसहित ८ जना प्रकाउ परेका थिए । यसैगरी २७ गते गजुरी गाँउपालिका-१ गजुरीबाट १ लाख १ हजार ८६५ रुपैयाँ नगदसहित ८ जना कार्तिक २७ गते पक्राउ परेका थिए । पक्राउ परेकालाई मुलुकी फौजदारी संहिता २०७४ बमोजिम कारवाही भएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार