२ मंसिर २०७७, मंगलवार

कम्युनिष्ट र काँग्रेसको वाइप्रोडक्ट हो जसपा : प्रभु साह

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ मंसिर २०७७, मंगलवार मुख्य नेटवर्क
3.1kViews
1674 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्री प्रभु साहले कम्युनिष्ट र काँग्रेस पार्टीको वाईप्रोडक्ट नै जसपा रहेको बताएका छन् ।

मंगलबार महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका(६, सरपल्लोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले कम्युनिष्ट र काँग्रेस पार्टीका कमसल ब्यक्तिहरूको झुण्डको रुपमा जसपा निर्माण भएको बताए ।

यो पनि पढ्नुहोस् ...  नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

‘नेकपा र कांग्रेसको वाईप्रोडक्ट जसपा हो ।वाईप्रोडक्ट जहिले दुर्गन्ध वा फोहोर मात्र फैलाउने गर्दछ’ नेता साहले भने, ‘प्रदेश २ मा जसपाकै सरकार छ, विकासको नाममा कमिशनको खेल मात्र गर्छ । आज तपाई हामी नांगै आँखाले हेरिरहेका छौ, प्रदेश–२ मा जसपाका कारण हत्या, आतंक, लुट तथा भ्रष्टाचार बढेको छ । आफु केही नगर्ने अरुलाई दोष मात्र देखाउने सरकार भ्रष्टाचारमा डिस्टेन्शन मार्क ल्याएको छ ।’

यो पनि पढ्नुहोस् ...  हिउँदे अधिवेशनको तयारी

नेता साहले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियामा मधेसको इमेज नै खराब भएको बताए । हिजो मधेस गुमनाम थियो तर बदनाम थिएन । आज दुनियाको अगाड़ी मधेसको छवि ख़राब भई मधेस बदनाम भएको छ । ति कमसल व्यक्तिहरुको झुण्डले गर्दा नै यो स्थिति आएको उनले बताए ।

यो पनि पढ्नुहोस् ...  क्लिङ्कर उत्पादनमा मुलुक आत्मनिर्भर,भारतबाट आयात पूर्ण रुपमा रोकियो

भ्रमको महल बनाएर खड़ा भएको जसपा अहिले समाज विकासको बाधकको रूपमा खड़ा छ । त्यसैले यस्ता कमसल व्यक्तिबाट सचेत रहन र उनीहरुको पछाडी नलाग्न उनले आग्रह गरेका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार