काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको जानकारी दिए ।
पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् ।
बुधबार (भोलि)का लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ।