१ मंसिर २०७७, सोमबार

हिमपातसँगै बढेको चिसोले म्याग्दी र मुस्ताङका जनजीवन प्रभावित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ मंसिर २०७७, सोमबार समाचार
1.6kViews
1261 Shares

म्याग्दी । हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा आज हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपात र चिसोले तिहारको भाइटीकालाई असर गरेको छ ।

मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथ सपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, लोमान्थाङ, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको जानकारी दिनुभयो । “केही दिनयता बढेको चिसोले धाराको पानी जम्न थालेको थियो,” उहाँले भन्नुभयो “आजको हिउँले चिसो बढेर जनजीवनलाई प्रभावित बनाएको छ ।”
हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले याकचौँरी, भेंडाच्याङ्ग्रा, घोडा, खच्चरलगायत पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

यो पनि पढ्नुहोस् ...  विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा हुँदैन : शिक्षामन्त्री

विगत वर्षमा उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायत जिल्लामा घुम्ती व्यापारका लागि आउँथे । यसपालि कोरोना महामारीको जोखिमका कारण स्थानीयवासी जाडो छल्न बेंसी झरेका छैनन् ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय भन्दा बढी

मुस्ताङ सदरमुकाम जोमसोम आसपासका डाँडामा पनि हिउँ परेर सेताम्मे भएको छ । यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।
गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गाउँ नजीकैका डाँडा हिउँले सेताम्मे भएको, चिसो बढेको र सर्वसाधारणले घरभित्रै बसेर तिहार मनाएको जानकारी दिनुभयो । चिसो बढेपछि म्याग्दीका कृषकले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेंसी झार्न थालेका छन् ।

यो पनि पढ्नुहोस् ...  मालबाहक कन्टेनर खस्यो त्रिशूलीमा

गाउँलेले बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौँरी र भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् । चिसो बढे पनि पानी भने परेको छैन । आकाशमा बदली भएकाले चिसो बढेको हो । गहुँ, जौ, तोरी, आलुलगायत हिउँदे बालीको सिँचाइका लागि वर्षात् आवश्यक परेको कृषकले बताएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार