१ मंसिर २०७७, सोमबार

जोरायल गाउँपालिकाका सबै वडा सडक सञ्जालमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ मंसिर २०७७, सोमबार समाचार
2.6kViews
1617 Shares

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाकाका सबै वडा यस वर्ष सडक सञ्जालमा जोडिएका छन् । सो गाउँपालिकाको रु १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो ।
सबै वडाभरीमा सडक सञ्जाल पुगेपछि स्थानीयबासीलाई यातायातका लागि सहज भएको छ ।

गाउँमा सडक पुगेपछि गाउँमा उत्पादन भएका तरकारी तथा अन्य अन्नबाली बजारसम्म पु¥याउन सकिने जनाउँदै स्थानीयबासीहरु खुशी भएको जोरायल–५ गड्सेराका दीर्धबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै गाउँमा सडक पुगेको छ, किसानले उत्पादन गरेका चिज बस्तु बजार सम्म पु¥याउन सहज भएको छ, किसानको आयस्तर बढ्ने छ ।”
गाउँपालिकाका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल पु¥याउने उद्देश्यले सडक बिस्तारको काम तीब्र रुपमा अगाडी बढाइएको गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्ष भित्र सबै वडा कार्यालयमा सडक पु¥याउने उदेश्य अनुसार हामीले काम अगाडी बढाएका थियौँ, समयमै काम सकियो यहि खुुसिको विषय हो ।” वडा कार्यालयसम्म सडक सञ्जाल पु¥याउने काम सँगसँगै टोलटोलमा सडक सञ्जाल बिस्तार गर्ने योजना गाउँपालिकाको रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले गाउँमा हुने बालविवाह न्युनीकरण र महिला हिँसा अन्त्यकालागि बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस् ...  कैलालीमा अवैध काठसहित दुई जना पक्राउ

पछिल्लो समय गाउँपालिकाले बालविवाहले स्वास्थ्यमा नराम्रो असर पर्ने र भविष्यमा गएर विभिन्न हिंसा खेप्नुपरेकोले बालविवाह न्युनीकरणका लागि स्थानीयलाई अग्रसर गराउने कार्यको थालनी गरिएको बताइएको छ । कुल ६ वटा वडा कार्यालय रहेको सो गाउँपालिकामा गाउँमा बालक्लव, महिला निगरानी समूह गठन गरी महिलामाथी हुने हिंसा अन्त्यका लागि पहल गरी रहेको छ । गाउँपालिकाले बालविवाह न्युनीकरणको लागि अभियानकै रुपमा अगाडी बढाईरहेकोे छ । एकल महिला तथा विपन्न महिलाहरुलाई संगठित गरी उनीहरुको समस्या समाधानकोलागि एकल तथा विपन्न महिला समूह समेत गठन गरिएको उपाध्यक्ष बोहराले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  फेवातालबाट केबलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट चुचुरोमा पुग्न पाइने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार