१ मंसिर २०७७, सोमबार

बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ मंसिर २०७७, सोमबार समाचार
2.3kViews
1266 Shares

रामपुर । रामपुर नगरपालिका—८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उहाँ अहिले छिमेकीको घरमा साहारा लिनुभएको छ । गाँस र बाँसबाट पिडित उहाँलाई नेपाली नागरिकता नहँुदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ । तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहेपनि अहिले उहाँ सहाराबिहीन हुनुहुन्छ ।

दुई छोरा लामो समयसम्म बेपत्ता भएपछि जेठो छोरा करिब २२ वर्ष पछाडि मात्रै घर फर्केका छन् । छोरीको बिहेदान भइसकेको छ । उहाँलाई बुढेसकालमा रेखदेख गर्ने सन्तान भने कोही छैनन् । जेठो श्रीमान् कुलप्रसाद पाण्डेयसँग १६ वर्षको उमेरमा विवाह गर्नुभएकी तुलसा श्रीमान्को मृत्यु भएपछि सहाराका लागि गाउँकै रमाकान्त पङ्गेनीसँग दोस्रो विवाह गर्नुभएको थियो । पङ्गेनीको पनि विवाह भएको केही वर्षपछि मृत्यु भएपछि अहिले उहाँ एक्लो जीवन बिताइरहनुभएको छ ।

यो पनि पढ्नुहोस् ...  बाढी–पहिरोमा परी घाइते हुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता हुन्न : सभामुख सापकोटा

पहिलो श्रीमान् कुलप्रसाद पाण्डेयबाट बनाइएको नेपाली नागरिकता हराएकी तुलसाले दोस्रो श्रीमान्को परिवारबाट नागरिकताका लागि सनाखत नगरिदिंदा पाउने सेवा सुविधाबाट वन्चित हुनु परेको छ । “पहिलो श्रीमान्ले बनाएको नागरिकता हरायो, दोस्रो श्रीमान्का दाजुभाई पक्षलाई नागरिकता बनाइदिनका लागि सनाखत गरिदिन अनुरोध गरेपनि वास्तै गरेनन्,” उहाँले दुखेसो पोख्नुभयो, “कमसेकम नागरिकता भए सरकारले दिएको भत्ता खाएर त बाँच्थे”।

दोस्रो श्रीमान्को मृत्युपश्चात उहाँ पुनः पहिलो श्रीमानकै घर संरक्षण गरेर बस्नुभएको थियो । लामो समयसम्म बेपत्ता जेठो छोरा घर फर्केर आएपछि उहाँलाई आफैँले जन्माएको छोराले घर निकाला गरिदिएपछि छिमेकीको घरमा कोठा भाडामा बस्नुहुन्छ । छिमेकीले दोस्रो श्रीमान् पक्षधरबाट नागरिकता बनाउन सहमति नभएपछि पहिलो श्रीमानबाट जन्मिएका छोरालाई आमाको नागरिकता बनाउन अनुरोध गरेपनि नमानेपछि बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता भएको स्थानीय नेत्रप्रसाद पौडेल बताउनुहुन्छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका—२ जल्पा माइती घर बताउने तुलसाले स्याङ्गजा आँधीखोलाका स्वर्गीय कुलप्रसाद पाण्डेयसँग वैवाहिक सम्बन्ध गाँस्नुभएको हो । बसाई सरी रामपुरलाई कर्मथलो बनाउनुभएकी तुलसालाई रामपुर नगरपालिका—८ को कार्यालयले नागरिकता दिलाउन माइतीतर्फबाट जन्मदर्ता समेत झिकाएको छ ।

यो पनि पढ्नुहोस् ...  आठ महिनापछि राष्ट्रिय परिचयपत्र विधेयक पारित

दोस्रो श्रीमान् पक्षकाले सनाखत नगर्नु, पहिलो श्रीमान्बाट आफैँले जन्म दिएको छोराले पनि आमालाई नागरिकता बनाउन सहयोग नगरेका कारणले समस्या बल्झिन पुगेको हो । तुलसाले २०५६ सालमा भएको निर्वाचनमा दोस्रो श्रीमान् रमाकान्त पङ्गेनी पति कायम गरी निर्वाचनमा सहभागी भई मतदान गरेको उहाँका छिमेकी तथा समाजसेवी मुक्तिराम अर्यालले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  उपराष्ट्रपति पुन आफ्ना बुवाबाट टीका ग्रहण

नेपाली नागरिकता बनाउने कुरामा वडा कार्यालय गम्भीर रहेपनि नजिकका आफन्तले सनाखत नगरेको र यस समस्यालाई समाधान गर्ने कोशिसमा रहेको वडा सदस्य मोहन श्रेष्ठ बताउनुहुन्छ । नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भक्ता पनि नपाउँदा के खाने, लाउने, कहाँ बस्ने अवस्था छ । छिमेकीको घरमा कोठा भाडा लिएर बसेको पनि एकवर्ष बित्यो । भाडा तिर्न नसक्दा छिमेकीले कोठा खाली गर्न अनुरोध गरिरहेको उहाँको गुनासो छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार