१ मंसिर २०७७, सोमबार

ओलीलाई गौतमको जवाफ: प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता हुँदैन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ मंसिर २०७७, सोमबार समाचार
1.9kViews
1141 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । लामो विवादपछि बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनु पर्ने विषयलाई लिएर पुनः नयाँ विवाद सुरु भएको हो । सचिवालय बैठकमा बहुमत सचिवालय सदस्य प्रचण्ड पक्षमा देखिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक भेटघाट बढाएका छन् ।

शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएका प्रधानमन्त्री ओलीले आइतवार पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्नुभएको छ । भेटमा उपाध्यक्ष गौतमले ओलीलाई पार्टीभित्र देखिएका समस्याको समाधान बैठकबाटै खोज्न सुझाव दिनुभएको छ । गौतमले प्रचण्ड वा माधव नेपाललाई गालि गरेर समस्याको समाधान नहुने भन्दै बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न सकिने अवस्था कायमै रहेको सुझाव दिएको बताइएको छ ।

यो पनि पढ्नुहोस् ...  भारतीय नक्सा प्रकरण : विप्लव निकट विद्यार्थीहरु प्रदर्शनमा उत्रिदा माइतीघरबाट चार पक्राउ

बालुवाटारमा गौतम पुग्दा महासचिव तथा अर्थमन्त्री समेत विष्णु पौडेल पनि सहभागी रहेका थिए । भेटामा ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नलिए समस्या बढ्दै जानसक्ने भन्दै प्रचण्डलाई त्यसबारे कन्भिन्स गर्न आग्रह गर्नुभएको थियो । तर जवाफमा अहिलेको समस्याको समाधान भनेको बैठक बसेर प्रस्तावहरुमाथि बैठकमा छलफल गरेर अगाडि बढनुको विकल्प नभएको बताउनुभएको थियो । प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षीय नोतहरुको भनाई रहँदै आएको छ । उनीहरुले एकल रुपमा अध्यक्ष प्रचण्डले प्रस्ताव पेश नै गर्न नमिल्ने जिकिर गरेपछि उपाध्यक्ष गौतमलगायतका नेताहरुले उक्त प्रस्ताव ५ पाँचै जना नेताले छलफलमा ल्याइएको बताएका छन् । प्रचण्डसहित ५ जना नेता नै प्रस्तावको पक्षमा उत्रिएपछि ओली आफु अल्पमतमा परेको महशुस गर्दै आउनभुएको छ ।

यो पनि पढ्नुहोस् ...  रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुद्धारा आपत्ति

भेटमा गौतमले ओलीलाई सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्दै स्वेच्छाचारी प्रवृत्ति त्याग्न आग्रह गदै सचिवालय बैठकमै आफ्ना कुरा राख्न भन्दै गौतमले सरकार पार्टीको मार्गनिर्देशन, नीति र घोषणाअनुसार चलाउन सुझाव दिनुभएको थियो ।भेटमा प्रधानमन्त्रीले वामदेवलाई मन्त्रालय रोजेर सरकारमा आउन आग्रह गरेपनि जवाफमा गौतमले पहिला कार्यशैली सच्याएर अगाडि बढ्नु पर्ने र अहिले नै मन्त्री बन्ने मनस्थितिमा नरहेको बताउनुभएको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् ...  दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार