३० कार्तिक २०७७, आईतवार

स्थान विवादले अस्पताल बनाउने योजना अन्योलमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३० कार्तिक २०७७, आईतवार समाचार
2.3kViews
1506 Shares

म्याग्दी । स्थान विवादका कारण म्याग्दीको रघुगङ्गामा पालिकास्तरीय अस्पताल निर्माण गर्ने योजना अन्यौलमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।

गाउँपालिका र बेगका वासिन्दाबीच उत्पन्न स्थान विवादले अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्योल भएको छ । कात्तिक २० गतेको कार्यपालिका बैठकले पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।

बेगका जनप्रतिनिधि, राजनीतिकर्मी, अगुवाले बेगमै अस्पताल बनाउनुपर्ने मागसहित निर्णय सच्चाउन गाउँपालिकालाई कात्तिक २७ गते ज्ञापनपत्र बुझाएका थिए । कार्यपालिका निर्णयप्रति फरक मत राख्दै आउनुभएका बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले ठाउँ नै तोकेर आएको योजना अन्यत्र लैजान नहुने बताउनुभयो ।

रु १० करोडभन्दा बढी लागत अनुमान गरिएको अस्पतालको भवन बनाउन मन्त्रालयले चालु आर्थिक वर्षमा रु ८३ लाख बजेट पठाएको छ । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको गाउँपालिकाले जनाएको छ । सबै वडाका बासिन्दालाई पायक पर्ने र केन्द्रसमेत भएकाले मौवाफाँटमा अस्पताल बनाउन सहमतिमा निर्णय गरी ठाउँ सार्नका लागि मन्त्रालयमा सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  भीरबाट खसालेर गाई मारेको अभियोगमा पक्राउ परेका सात जनालाई म्याद थप

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकीको भवन पुनःनिर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । ठेक्का लागिसकेको भवन वडा–७ चिमखोला अथवा झिँमध्ये कुनै एक ठाउँमा लैजान बेगवासीले प्रस्ताव गरेका छन् ।

बेगमा अस्पताल बनेमा छिमेकी भगवतीका केही बस्तीबाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने गाउँपालिकाका पदाधीकारीको भनाइ छ । “बेगमा अस्पताल बनाउनेनै हो भने आठ दिनभित्र जग्गा धनीपुर्जा लिएर आउने सर्तमा स्वास्थ्य चौकीको भवन चिमखोला वा झिँमा बनाउन सहमति दिनुहोस् भन्ने विकल्पमा सहमति जनाएको हो,” अध्यक्ष भण्डारीले भन्नुभयो ।

गाउँपालिकाले यसअघि बेगको बादुकमा सामुदायिक स्वास्थ्य एकाइ र तिप्ल्याङमा आयुर्वेद स्वास्थ्य केन्द्रको गाउँघर क्लिनिक स्थापना गरेको छ । मन्त्रालयले पाँचदेखि १५ शैय्याको अस्पताल बनाउन रघुगङ्गाको बेग, धवलागिरीको ताकम, मङ्गलाको अर्मन र अन्नपूर्णको दोवा स्वास्थ्य चौकीलाई छनोट गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधी सुरु हुँदै

मैदान निर्माण भएको १५ वर्षपछि प्रयोगमा

सदरमुकाम बेनीमा १५ वर्षअघि निर्माण भएको बहुउद्देश्यीय मैदान अहिले प्रयोगमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले २०६२ सालमा म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङस्थल बनाएर प्रयोगमा ल्याएको हो ।

बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले प्रयोगबिहीन अवस्थामा रहेको मैदानलाई मर्मत, घेराबार र पूर्वाधार तयार गरेर पार्किङस्थल बनाइएको जानकारी दिनुभयो । बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा र बेनी–बागलुङलगायत म्याग्दीको पश्चिमी क्षेत्रमा चल्ने बस, जिप र ट्याक्सी पार्किङका लागि स्थान बनाइएको हो ।

पो पार्किङस्थल सञ्चालन भएपछि सडकमै यात्रुबाहक सवारी साधन पार्किङ गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ । हाल बेनी नगरपालिका, हाडेभिर, बेनी सामुदायिक मावी र बजारका सडकमा अव्यवस्थितरुपमा पार्किङ गरिंदा दुर्घटनाको जोखिम र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

सबै पूर्वाधार तयार भएको पार्किङस्थल मङ्सिर ५ गतेदेखि सञ्चालन गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । “मैदानलाई ग्राबेल गरेर सम्माउनुका साथै खानेपानी, सार्वजनिक शौचालय, दुई ठाउँमा सिसिटिभी क्यामेरा जडान र बत्ती जडान भएको छ,” उहाँले भन्नुभयो “यातायात व्यवसायीका टिकट काउन्टरलाई सारेर त्यहीँबाट गाडी छुटाउँछाँै ।”

यो पनि पढ्नुहोस् ...  भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध

मैदानको डिलतर्फ नगरपालिकाले रु. १४ लाख खर्चेर पर्खाल र तारजाली लगाएको छ । यस वर्ष पार्किङस्थलको पूर्वाधार बनाउन थप रु पाँच लाख ५० हजार खर्च भएको छ ।

विसं २०६२ मा उद्योग वाणिज्य सङ्घको अगुवाइमा म्याग्दी नदी किनारको पाखो र बगरलाई सम्याएर मैदान बनाएका थिए । करिब २०० मिटर लम्बाई र ५० मिटर चौडाइ भएको मैदानमा १०० वटा सवारी साधन पार्किङ गर्न सकिने यातायात व्यवसायीले बताएका छन् ।

प्रहरी नायब उपरिक्षक किरणजङ्ग कुँवरले पार्किङस्थल सञ्चालनमा आएपछि बजारभित्रको ट्राफिक व्यवस्थापन र आवतजावत सहज हुने बताउनुभयो । नगरपालिका र प्रहरी कार्यालयले सहकार्य गरेर बेनी बजारमा गत भदौ महिनादेखि लागू गरिएको एकतर्फी पाकिङ प्रभावकारी बनेको छ । मैदानभित्र कृषि हातबजार सञ्चालनका लागि रु पचास लाखभन्दा बढी खर्च गरेर बनाइएको टहरालगायतका संरचना पनि प्रयोगबिहीन छन् । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालसँग समन्वय गरेर ती संरचना प्रयोगमा ल्याउन पहल गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार