३० कार्तिक २०७७, आईतवार

फ्रान्ससँग पोर्चुगलको हार पछि समूह चरणबाट बाहिरियो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३० कार्तिक २०७७, आईतवार खेल
2.6kViews
1053 Shares

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारको खेलमा फ्रान्ससँग पराजित भएपछि साविक विजेता पोर्चुगल समूह चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा पोर्चुगल १-० ले पराजित हुन पुग्यो ।

फ्रान्सको जितमा मिडफिल्डर एनगोलो कान्टेले एकमात्र गोल गरे । उनले ५३ औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि पहिलो हाफमा एन्थोनी मार्सियलको हेडर क्रसबारमा लाग्दा फ्रान्सले अघि बढ्ने अवसर गुमाएको थियो ।

यो पनि पढ्नुहोस् ...  नेपालले तेस्रो स्वर्ण हात पार्न सफल

पहिलो हाफमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि प्राप्त अवसर सदुपयोग गर्न सकेनन् । उनकै पासमा दोस्रो हाफमा जोआओ मोउटिन्होले गरेको शक्तिशाली प्रहार पनि फ्रान्सका कप्तान ह्युगो लोरिसले विफल पारिदिए । पोर्चुगलका डिफेन्डर जोसे फोन्टेको प्रहार पोस्ट लगेर फर्कंदा पोर्चुगल खेलमा फर्कन सकेन ।

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको फ्रान्सले पहिलो हाफमा निकै दबाब क्याम गरेको थियो । तर गोलरक्षक रुइ प्याट्रीसिओले सानदार बचाउ गर्दै खेल बराबरीमा नै राखे । उनले मार्सियलको दुई तथा किंग्सले कोमनको एक राम्रो प्रहार विफल परेका थिए । ५३ औं मिनेटमा गोल हुँदा पनि उनले राबीओटकै प्रहार बचाउँदा कान्टेले गोल गर्न सकेका थिए ।

यो पनि पढ्नुहोस् ...  सागअन्तर्गत कराँतेमा नेपालले फेरी थप्यो स्वर्ण

यस नतिजाले फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले भने उपाधि रक्षा गर्न नपाउने पक्का भएको छ । फ्रान्सले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दैछ । समान अंक हुँदा हेड टु हेड लागु हुने भएपछि फ्रान्स अनि अंक तालिकाको शीर्षस्थानमा रहने पक्का भएको हो ।

यो पनि पढ्नुहोस् ...  १३ औ सागमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे, नतिजा पनि राम्रो आयो : अध्यक्ष श्रेष्ठ

फ्रान्सको ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक छ भने पोर्चुगल १ हार, ३ जित र १ बराबरीसहित १० अंकमा छ । क्रोएसिया र स्विडेनको समान ३-३ अंक छ । अंक तालिकाको पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ । शनिबारकै खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार