२९ कार्तिक २०७७, शनिबार

नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक भारतीय नागरिक पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार समाचार
2.6kViews
1803 Shares

रबिन्द्र यादव / नवलपरासी
नवलपरासी पश्चिममा पुजारीको हत्याको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

शुक्रवार उक्त घटना अनुसन्धानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा स्थित देश भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्य ( कोइरी ) लाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

यो पनि पढ्नुहोस् ...  भारतद्वारा अतिक्रमित भूभागलाई तत्काल खाली गराउन सरकारलाई निर्देशन

घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखीक बयान बाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई सम्मानित अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी थोकर पक्राउ

यहि कार्तिक ९ गते नवमीका दिन सुस्ता गाउँपालिका वडा नं ४ नर्सही पश्चिम टाँडी स्थित रहेको हनुमान मन्दिरका ७२ बर्षिय पुजारी मुहँगु केवटको घरेलु हतियार हसियाले हत्या भएको थियोे । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न हिन्दु संगठन प्रशासनलाई दबाब दिदै आएका थिए ।

विश्व हिन्दु परिषद्ले प्रधानमन्त्री केपी शर्मा अोली लाई ज्ञापनपत्र समेत बुझाएका थिए । एसपी अजय केसी र इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमानन्द पाण्डेको विशेष पहलमा पुजारीको हत्यारालाई पक्राउ गर्न सफल भएको बुझिएको छ । कही समय अगाडि रौतहटमा पनि एक पुजारीको गोली हानी हत्या भएको थियोे ।

यो पनि पढ्नुहोस् ...  अकुपाई टुँडिखेल अभियान : यी हुन तीन महिनामा भएका प्रगति विवरण

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार