२९ कार्तिक २०७७, शनिबार

भारतका खेल प्रशिक्षण संस्थाहरुलाई राहतको घोषणा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार खेल
2.0kViews
1272 Shares

नयाँ दिल्ली । भारतमा खेल प्रशिक्षण गराउने नीजि संस्थाहरुलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गरेको छ । युवा तथा खेलुकुँद मन्त्री किरण रिजिजुले झण्डै पाँच सय ओटा खेल प्रशिक्षण संस्थाहरुलाई राहत दिन लागिएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  वल्भ्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

“खेलो इन्डिया” अभियान अन्तर्गत उनीहरुलाई सहयोग गर्ने निर्णय भएको मन्त्री रिरिजुले जानकारी दिनुभयो । उनीहरुलाई फरक फरक खेलकुदका फरक फरक गतिविधि तथा कार्यक्रमहरुका लागि दिन लागिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

विषेश गरेर उनीहरुले दिदै आएको नतिजा, संभावित नजिता, प्रशिक्षकहरुको स्तर, उपलब्धता, खेल्ने ठाउँको अवस्था, भौतिक संरचना, खेल सम्वन्धी अन्य सुविधाहरु, कर्मचारीहरुलगायतका कुरालाई हेरेर सहयोग गर्ने मापदण्ड बनाइएको पनि मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  टी–ट्वान्टी वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

“खेलकुदको विकास गर्नु सरकारको महत्वपूर्ण काम अन्तर्गत पर्दछ, त्यसका लागि नीति क्षेत्रका संस्थाहरुले पनि धेरै योगदान गरेका छन्, त्यसैले उनीहरुलाई सहयोग गर्न लागिएको हो,” मन्त्री रिजिजुले भन्नुभयो ।

देशका दुर्गम क्षेत्रमा पनि खेलकुदको विकास तथा विस्तार गर्नु पर्ने र त्यहाँ रहेका खेल प्रतिभाहरुलाई पहिचान गरी विकास गर्नु पर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ ।

यो पनि पढ्नुहोस् ...  १३ औं साग म्याराथन प्रतिस्पर्धा : शनिबार विहान यी रुटमा सवारी आवतजावतमा अवरुद्ध हुने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार