२९ कार्तिक २०७७, शनिबार

जवानको रगतले महिलाको ज्यान बच्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार समाचार
2.5kViews
1747 Shares

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औषधि प्रयोग गर्दा उनको ज्यान जोखिममा प¥यो । उनी जिल्ला अस्पतालमा भर्ना भइन् । औषधि प्रयोग गर्दा उच्च रक्तस्राव हुँदा उनको ज्यान जोखिममा परेको हो । जोखिममा परेकी ती महिलालाई नेपाल प्रहरीका राजेन्द्र रानाले रगत दिएपछि उनको ज्यान जोगिएको छ । औषधि प्रयोग गर्दा रगत बढी बगेर ज्यान जोखिममा रहेका बुढालाई प्रहरी रानाले तीन प्रिन्ट रगत दिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  भीमफेदी-कुलेखानी सुरुङ मार्ग र पुष्पलाल चक्रपथ निर्माण थालियो

अझै बुढाको अवस्था नाजुक रहेकाले दुई प्रिन्ट रगतको आवश्यक देखिएको अनमी बोहराले बताउनुभयो । बजारमा रहेका औषधि मेडिकलबाट तीन महिनाको बच्चा फाल्नका लागि औषधि प्रयोग गरेको पाइएको छ । यसरी विनापरामर्श औषधि सेवा गर्दा ज्यान जोखिममा हुनाका साथै अन्य महिला पनि अस्पताल भर्ना हुने गरेको अनमी बोहराले बताउनुभयो । अस्पतालले गर्भपातको सेवा दिँदै आएको भए पनि बजारमा चर्को मूल्यमा किनेर औषधि सेवन गर्दा महिलालाई समस्या निम्तिने गरेको छ ।

यो पनि पढ्नुहोस् ...  नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार