२९ कार्तिक २०७७, शनिबार

एकताका पक्षपातिमाथि धम्क्याउने काम तुरुन्द बन्द गरियोस् : सापकोटा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार समाचार
1.9kViews
1828 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै उनले ‘पार्टी एकता संकटमा पर्छ भन्नु– भ्रममा पार्नु र धम्क्याउनु हो’ भनेर टिप्पणी गरेका छन् ।

यो पनि पढ्नुहोस् ...  सरकारको योजना ‘जहाँ जनता, त्यहाँ विकास’ : मन्त्री बाँस्कोटा

पार्टीभित्र उत्पन्न आन्तरिक विवादकाबीच शुक्रबार बसेको सचिवालय बैठकले कुनै निश्कर्ष निकाल्न सकेको छैन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्डबीच पत्र साटासाट हुँदै गर्दा नयाँ विषयवस्तुको चर्चा परिचर्चा हुन थालेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दिएको जवाफको प्रतिजवाफमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणीप्रति लक्षित हुँदै नेता सापकोटाले यस्तो बताएका हुन् ।

यो पनि पढ्नुहोस् ...  चुनावी वातावरण तातेसँगै नेता–कार्यकर्तालाई मत माग्न भ्याईनभ्याई,नेकपा र काङग्रेसबिच भिडन्त

उनले अघि भनेका छन्,‘पार्टी एकतापश्चात पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानि फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामुहिकतालाई स्विकार्ने सार्वजनिक स्विकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला नत्र बैठकमा प्रवृतिगत विषयहरुमा छलफलका लागी गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुमात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो ।’

यो पनि पढ्नुहोस् ...  सवारी दुर्घटनामा एक जनाको मृत्यु, ७ घाइते

उनले विषयान्तर गर्दै भनेका छन, ‘अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु –भ्रममा पार्नु र धम्क्याउनु हो । भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस् ।’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार