२९ कार्तिक २०७७, शनिबार

समस्यामा गोलिया उत्पादक किसान

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार समाचार
2.9kViews
1175 Shares

मङ्गलबारे । निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पनि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन सङ्घ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

तीन तहका सरकारबीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रीमा समस्या आएको किसान तथा सरोकारवालाको भनाइ छ । गोलिया उत्पादक किसानले विभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नीतिका कारण समस्या आएको हो । सरकारले साल, सखुवा, खयरलगायत बोट बिरुवा कटानमा प्रतिबन्ध लगाएका कारण समस्या भएको किसान वीरेन्द्र चौहानले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  चीनमा जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाइयो

उहाँले हाल देशमा तीन तहका सरकार क्रियाशिल रहँदा पनि किसानका समस्या समाधानमा पहल नगरेको गुनासो गर्नुभयो । तीन तहका सरकारले आआफ्नै ढङ्गबाट बनाएका विभिन्न नीति तथा नियम बाझिएका कारण समस्या भएको किसान विशोरसिंह खत्रीले बताउनुभयो । उहाँले सरकारले निजी वन उत्पादकलाई दिनुपर्ने रकम नदिएका कारण पनि समस्या भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  तनहुँको घिरिङमा दुई ठूला आयोजना निर्माण शुरु

विभिन्न मुलुकमार्फत रुख जोगाएवापत सरकारलाई दिने रकम सही ठाउँमा खर्च नभएको निजी तथा पारिवारिक वन सङ्घ इलामका अध्यक्ष रविन्द्र सुवेदीले बताउनुभयो । वन ऐन कठोर भएका कारण पनि निजी वन मासिने क्रम बढेको बताइएको छ । वन जङ्गललाई पनि एक प्रकारको खेतीकै रुपमा अगाडि बढाउन सके मात्र वन जङ्गल मौलाउने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताउनुभयो । उहाँले सङ्घीय सरकारले ल्याएको वन ऐन नै स्पष्ट नभएका कारण समस्या आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार