२९ कार्तिक २०७७, शनिबार

भेनेजुएला माथि ब्राजिलको जित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार खेल
2.3kViews
1476 Shares

एजेन्सी – लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई १(० ले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले बल पोसेसनमा पकड जमाएपनि अनुशासित भेनेजुएलाको डिफेन्स तोड्न निकै संघर्ष गर्नुपर्यो । पहिलो अंक जोड्ने लक्ष्यसहित उत्रिएको भेनेजुएलाले पहिलो हाफमा गोल गर्ने निकै कम अवसर दिएको थियो । दोस्रो हाफमा भने फिर्मिनोलो गोल गर्दै ब्राजिललाई अघि बढाए ।

यो पनि पढ्नुहोस् ...  टी २० विश्वकप छनोट : नेपाल पहिलो खेलमा नै अप्रत्यासित हार

खेलको ६७ औं मिनेटमा फिर्मिनोले भेनेजुएलाको डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । एभर्टन रिबिएरोको क्रसलाई ओसोरियोले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सभित्र अनमार्क रहेका फिर्मिनोले सहजै गोलको दिशा दिएका थिए ।

त्यसअघि ब्राजिलले खेलको आठौं मिनेटमा नै अग्रता लिएपनि भीएआरले मान्यता दिएन । रिचार्रलीसनले गोल गएपनि भीएआरले मुभ बुन्ने क्रममा अफसाइड रहेको निर्णय दिएको थियो । पहिलो हाफको अन्त्यतिर ब्राजिलले अग्रता लिने अवसर पाएपनि डग्लस लुइजले अन्तिम प्रहार गर्नुअघि फल पाएपछि भेनेजुएलाले फ्रिकिक क्लियर गर्न सफल रहयो ।

यो पनि पढ्नुहोस् ...  नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटमा लगातार तीन जित दर्ता गर्ने एक्लो टोली बनेको छ । तेस्रो चरणको खेल सकिँदा शीर्षस्थानमा रहेको ब्राजिलको ३ खेलमा ९ अंक छ । अर्जेन्टिना ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष ४ टोली स्वतस् विश्वकप पुग्दा पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।

यो पनि पढ्नुहोस् ...  मनाङमस्र्याङ्दी सेमिफाइनलमा

इक्वेडर र उरुग्वे समान ६(६ अंकसहित शीर्ष चारमा अटाएका छन् । पाराग्वे पाँच अंकसहित पाँचौ स्थानमा छ । चिली र कोलोम्बियाको ४(४ अंक छ भने पेरुको १ अंक छ । भेनेजुएला र बोलिभियाले अंकको खाता खोल्न सकेका छैनन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार