२९ कार्तिक २०७७, शनिबार

आज कुकुर तिहार र लक्ष्मी पूजा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार समाचार
2.5kViews
1653 Shares

काठमाडौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा यमपञ्चक र धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ ।

कात्तिक कृष्ण चतुर्दशी मनाइए पनि आइतबार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

आजका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको पाइन्छ ।

वर्षभरि हाम्रो धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।

यो पनि पढ्नुहोस् ...  सरकारसँग वार्ताका लागि चन्द समुहले अघी सार्यो यि दुई सर्त

कुकुरलाई पनि यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।
कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी मनाउँछौ ।

यो पनि पढ्नुहोस् ...  नागरिकताको प्रमाणपत्र हेरेर मात्र पण्डितले विवाह गर्ने

संस्कृतिविद् भन्छन्, वर्षभरि हाम्रो धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।

हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ । यसरी कृषि, पशुपालन र ती पशुलाई पाल्ने स्थल, तीनै कुरा मानव सभ्यताको आधारभूत पक्ष भएकाले यिनीहरुको पूजा गरिएको हो ।

यस वर्ष लक्ष्मी पुजा पनि यसै दिन परेको छ । गाई तिहारको दिन पर्ने लक्ष्मी पुजा यो वर्ष आज अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन परेको छ ।
बेलुकी लक्ष्मी पुजा गरिन्छ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।

यो पनि पढ्नुहोस् ...  जीपले ठक्कर दिँदा एकको मृत्यु

अध्यारो रातलाई प्रकाशले आलोकित पार्न आज घरघरमा झिलिमिली बत्ति बालेर लक्ष्मी भित्र्याइने प्रचलन छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार