२९ कार्तिक २०७७, शनिबार

पानमा माथि एसियाली राष्ट्र जापानको जित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार खेल
2.4kViews
1114 Shares

जापान । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली राष्ट्र जापानले पानमालाई हराएको छ । मेर्कर एरिना ग्राजमा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पानमामाथि जापानले १–० को जित निकालेको हो ।

जापानको जितमा इंग्लिस क्लब लिभरपुलका फरवार्ड ताकुमी मिनामिनोले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो हाफमा गोल गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  कोरोनाको त्रास : विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गर्ने फिफाको निर्णय

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर खेर फालेका थिए । खेलको पहिलो मिनेटमा नै ताकेफुसा कुवोको पासमा केन्टो हासिमोटोको प्रहरा बाहिरिदा जापान अग्रता लिनबाट चुकेको थियो ।

यो पनि पढ्नुहोस् ...  आखिर मेसीले बार्सिलोना छोड्ने निर्णय किन गरे?

छैटौं मिनेटमा ताकुमी मिनामिनो चुके । १०औं मिनेटमा गाब्रियल टोरेसको प्रहारलाई जापानका गोलरक्षक सुइची गोन्डाले बचाए । ६०औं मिनेटमा मिनामिनोले पेनाल्टीमा गोल गर्दै जापानलाई अग्रता दिलाए । पेनाल्टी बक्समा मिनामिनोलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनी आफैं चुकेनन् ।

यो पनि पढ्नुहोस् ...  सिड्नी एफसी बिरुद्ध पीएसजीको प्रभावशाली जित

७७औं मिनेटमा पानमा १० खेलाडीमा समेटियो । लुइस मेजिया सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा जापान विजयी हुन सफल भयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार