बिओपीसँगै सीमामा सुरक्षाकर्मी

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७७, शुक्रबार फोटो समाचार

पाँचथर । तीन स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएसँगै पाँचथरबाट भारतसँगको सीमासम्म सुरक्षाकर्मीको उपस्थिति भएको छ ।

भारतसँग ४४।८ किलोमिटर सीमा जोडिएको पाँचथरमा याङवरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा सुर्केथाममा बिओपी स्थापना भएपछि सीमासम्म सुरक्षा निकायको उपस्थिति पुगेको हो ।

पाँचथरको याङवरक–१ लामपोखरी सुकेढापमा बिओपी, तोरीफूलेको उद्घाटन गरिएको छ । उक्त बिओपीको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरीले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । यसअघि गत भदौ अन्तिम साता याङवरककै चिवाभञ्ज्याङ तथा फालेलुङको सुर्केथाममा बिओपी स्थापना भएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक गिरीले नागरिकलाई सुरक्षित महसुस गराउन सीमासम्म सशस्त्र प्रहरीको उपस्थिति महत्वपूर्ण हुने बताउनुभयो । सीमास्तम्भको सुरक्षा, नेपाली भूमि मिचिनबाट रोक्ने, अवैध प्राकृतिक दोहन नियन्त्रण, वन पैदावार तथा जडिबुटी संरक्षण, अवैध चोरी, शिकारी, निकासी तथा सीमालाई आधार बनाइ हुने गैरकानूनी तथा आपराधिक गतिविधि रोक्न बिओपी सफल हुने गिरीको विश्वास छ । मन्त्रिपरिषदको २०७६ मङ्सिर २९ को निर्णयअनुसार पाँचथरका चारमध्ये तीन स्थानमा बिओपी स्थापना भएको हो ।

अध्यक्ष घिमिरेले बेलाबखत भारतीय पक्षबाट सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न बिओपी स्थापना निर्णायक काम भएको बताए । भारतसँग सीमा जोडिएको नेपाली भूभागका जैविक विविधता, पर्यापर्यटनका दृष्टि अति महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष घिमिरेले यहाँका प्राकृतिक वनस्पति, जडिबुटी र वन्यजन्तु संरक्षणमा बिओपी स्थापनाले सहयोग पुग्ने जनाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार