काठमाडौं । थप २ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा ३ हजार पाँच सय ३७ जना निको भएर फर्किएका छन३ । यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६८ हजार एक सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ३७ हजार २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।