२८ कार्तिक २०७७, शुक्रबार

राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २८ कार्तिक २०७७, शुक्रबार ५ नं. प्रदेश
2.1kViews
1706 Shares

नारायणपुर । लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई । विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आउनुभएका नारायण खनालका अनुसार स्थानीय अहिलेसम्म उपचारका लागि बुटवल जाने गरेका छन् । घोराही र तुलसीपुरमा ठूला अस्पतालहरु भए पनि भालुवाङवासी बुटवल नै जाने गरेको उहाँले बताउनुभयो । “घोराही जाँदा पनि ५० किलोमिटर जानुपर्छ, त्यहाँ उपचार सम्भव नभए फेरी नेपालगञ्ज जानुपर्ने भएकोले बुटवल नै जानेगरेका हौ”, खनालले भन्नुभयो ।

बुटवलमा उपचारका लागि सजिलो भने नरहेको उहाँले बताउनुभयो । “पैसा धेरै लाग्छ, जोहो गर्न गाह्रो हुन्छ, टाढा लैजादा बाटोमा नै ज्यान जान सक्छ, अब राजधानी भएपछि बन्छ की भन्ने आशा छ”, खनालले भन्नुभयो । विसं २०२० यहाँ बस्ती बसेको भए पनि यहाँका स्थानीयले स्वास्थ्य सेवा नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । विसं २०५७ सालमा अर्घाखाँचीको ढाकावाङबाट वसाईसराई गरेर दाङको भालुवाङ आउनुभएका खानालले उपचारका लागि कयांैपटक बुटवल गएको बताउनुहुन्छ । रोल्पा र प्युठानको प्रवेशद्वार र महेन्द्र राजमार्गको छेवैमा रहेको भालुवाङमा स्वास्थ्यसेवा नहुँदा ११० किलोमिटरको दुरी पार गरेर बुटवलमा उपचार गर्न जानुपर्ने बाध्यता छ उनीहरुलाई ।

यो पनि पढ्नुहोस् ...  प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव दुईतिहाई बहुमतले पास

विसं २०७५ देखि स्थानीय सरकारले भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर एमबिबिएस डाक्टरको व्यवस्था गरे पछि केही राहत महशुस गरेको स्थानीय शारदा गुरुङ बताउनुहुन्छ । सानो रोग लागे पनि बुटवल जानुपर्ने भालुवाङवासीलाई अहिले स्वास्थ्य चौकीमा डाक्टर भए पछि केही सजिलो भएको उहाँले बताउनुभयो । “स्थानीय सरकार आएपछि नहुनुभन्दा त धेरै भएको छ तर, सानो भए पनि अस्पताल नै भईदिए राम्रो हुन्थ्यो”, गुरुङले भन्नुभयो । स्वास्थ्य क्षेत्रको लागि गाँउपालिकाको बजेटले थप स्तरोन्नती गर्न समस्या रहेको वडा नं १ का अध्यक्ष ताराबहादुर डिसी बताउनुहुन्छ । अहेव र अनमीको भरमा रहेको स्वास्थ्यचौकीलाई अहिले डाक्टरको व्यवस्था गरेको उहाँले बताउनुभयो । “ल्याब र भिडियो एक्सरे सेवा पनि भर्खरै थपेका छौँ, यो भन्दा धेरै गर्न त प्रदेश र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्नुपर्छ”, अध्यक्ष डिसीले भन्नुभयो । सबैको नजर परेर पनि उपेक्षामा रहेको भालुवाङमा प्रदेशको राजधानी घोषणाले न्याय गरेको उहाँको भनाइ छ । दाङको उपनिवेशको रुपमा रहेको भालुवाङमा राजधानीका संरचना बन्दा विकासले गति लिनेमा स्थानीयको अपेक्षा छ ।

यो पनि पढ्नुहोस् ...  सुस्तामा सामुदायिक भवन बनेपछि स्थानीय हर्षित

राप्ति गाँउपालिकामा मात्रै ४० हजार जनसङ्ख्या छ । त्यस्तै नजिकको शितगङ्गा नगरपालिकाको वडा नं ८ र ९, गढवा गाँउपालीकाको १ र २ तथा प्युठानको सरुमारानी गाँउपालिकाको मुख्य बजारको रुपमा भालुवाङ रहेको छ । लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङ राजधानी घोषणा गरेपछि विकासले फड्को मार्ने आशामा स्थानीवासी रहेका छन् । भालुवाङमै नभए पनि २७ किलोमिटरमा रहेको लमही बजारमा भर्खँरै प्रदेश सरकारले ट्रमा सेन्टर खोल्ने भए पछि भालुवाङवासी पनि खुशी भएका छन् ।

यो पनि पढ्नुहोस् ...  कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी थालियो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार