२८ कार्तिक २०७७, शुक्रबार

आज काग तिहार, किन गरिन्छ कागको पुजा ?

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २८ कार्तिक २०७७, शुक्रबार समाचार
3.2kViews
1962 Shares

काठमाडौं : नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुक्रबारदेखि सुरु भएको छ। तिहारको पहिलोदिन शुक्रबार काग तिहार। कागको पूजाआजा गरी काग तिहार मनाइँदै छ।

तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँन्छ। पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ। यो पटक भाईटिका मंसिर १ गते परेको छ ।

ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

यमपञ्चकको पहिलो दिन कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ। वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ।

यो पनि पढ्नुहोस् ...  नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन

आजको दिन कागलाई पूजाआजा गरी खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। आजैका दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ।

बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रूपमा कहलिएका थिए।

विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष र अर्काले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रूपधारी विष्णुले पाउ राख्दा पातालमा भासिएका थिए।

यो पनि पढ्नुहोस् ...  तार्केश्वरमा सिलिन्डर पड्किदा एक महिला घाइते, अर्को घरको छतमा हाम फालेर ज्यान जोगाइन

विष्णुले बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने गरिएको विश्वास रहिआएको छ।

यही मान्यताका कारण आजकाल पनि द्यौसीभैलो खेल्दा “हामी त्यसै आएनौं बलिराजाले पठाए” भनी भट्याउने गर्छन्। लक्ष्मीपूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा द्यौसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल कागतिहारकै दिनदेखि नै द्यौसीभैलो खेल्ने प्रचलन बढ्न थालेको छ।

भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ। अहिले महिलापुरुष दुवैले द्यौसीभैलो खेल्न थालेका छन्। यद्यपि कोरोनाको महामारीका कारण द्यौसीभैलो खेल्न भने यो पटक सार्वजनिक सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोनाको कारण पर्साका दुई कारागारले ३३ जना कैदी बन्दीलाई छाडे

लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलिमिली बनाउने परम्परा पनि अहिले तिहारको सुरुआतेखि नै गर्न थालिएको छ। अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रीम आमन्त्रण गर्ने गरेका छन्। यसकारण तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ।

पशुपन्छीको पूजा, आत्मपूजा, सेल, फिनी, अर्सा, अनर्सा जस्ता घरेलु खानेकुरा, कटुस र ओखर जस्ता सुख्खा खानेकुरा र मिठाइ ग्रहण, दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सर्वत्र झिलिमिली बत्ती, द्यौसीभैलोका साथ गीत र नृत्य, प्रतिबन्धित कौडातासको फुकुवा, मुलुककै नामबाट राखिएको नेपाल संवतको प्रारम्भ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती जस्ता थुप्रै विशेषता तिहारका रहेका छन्।

प्राकृतिक रूपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै मनमोहक हुन्छ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार