२७ कार्तिक २०७७, बिहीबार

नाका बन्द हुँदा ओलाङचुङगोलावासी समस्यामा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ कार्तिक २०७७, बिहीबार समाचार
2.2kViews
1145 Shares

ताप्लेजुङ । कोभिड–१९का कारण चीनको तिब्बत सँगको सीमानाका टिपताला भञ्ज्याङबाट ओहोरदोहोर बन्द भएपछि ओलाङचुङगोलावासी समस्यामा छन् ।

चीनमा सङ्क्रमण फैलिएयता नाका हुँदै आउजाउ पूर्णरुपमा बन्द छ । खाद्यान्नलगायतका उपभोग्य वस्तुको किनमेलका लागि तिब्बतका बजारको भरमा रहेका यहाँका बासिन्दा लामो समयदेखि तिब्बत पुग्न पाएका छैनन् ।

यो पनि पढ्नुहोस् ...  सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई कारबाही गरिने

जेठदेखि भदौसम्म वर्षभर पुग्ने खाद्यान्नलगायतका सामग्री तिब्बतकै बजारबाट ढुवानी गर्ने गोलावासीले यो वर्ष महंगो भाडा तिरेर ताप्लेजुङ तर्फकै बजारबाट ढुवानी गर्न बाध्य छन् । मानिसलाई चाहिने सामाग्रीदेखि लिएर पशु चौपायाका लागि ढिके नुन र दानासमेत चीनबाटै ल्याउने गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने

हिमाली एक्लो बस्ती ओलाङचुङगोलाका बासिन्दालाई ताप्लेजुङको बजारबाट भन्दा चीनको तिब्बतबाट सामान ढुवानी गर्न सहज हुन्छ । ताप्लेजुङका बजार भन्दा नाका नजिकपर्ने र ढुवानीसमेत सस्तो हुने भएकाले उतैबाट आवश्यक सामानको जोहो गर्ने गरिएको वडाध्यक्ष छेतेन शेर्पाले बताए । यो वर्ष सङ्क्रमणका कारण तिब्बत आउजाउ नहुँदा समस्या भएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् ...  नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राम मुनीका जहाज चुनौति

नाका बन्द हुँदा ओलाङचुङगोलामा बुनिएका गलैँचासमेत घरैमा थन्किएका छन् । यहाँ उत्पादित गलैँचाको मूख्य बजार तिब्बत नै हो । यो वर्ष आउजाउ नहुँदा यहाँका बासिन्दाले बनेका गलैँचा घरैमा थन्किएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार