२६ कार्तिक २०७७, बुधबार

विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिने प्रण गर्दछु : गौतम

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार BOX NEWS
2.9kViews
1420 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू संविधानको सर्वोचचता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहने प्रण गरेका छन् । सामाजिक सञ्जालमार्फत आफूलाई संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्चमा परेको रिट उपर जारी भएको अन्तरिम आदेश खारेज भएको जानकारी दिँदै सो कुरा बताएका हुन् ।

यो पनि पढ्नुहोस् ...  अध्यक्ष प्रचण्डले नेम्वाङलाई भने - 'पार्टी एकता जोगाउन तयार छु'

गौतमविरुद्ध परेको उजुरीको अन्तरिम आदेश सर्वोच्च अदालतले आज खारेज गरेको छ । खारेज भएसँगै सबैलाई आभार प्रकट गर्दै गौतमले भनेका छन्,‘यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’

यो पनि पढ्नुहोस् ...  कर्णाली प्रदेशको मन्त्रिपरिषद विस्तार तत्कालका लागि टर्‍यो, अब कहिले ?

साथै, उनले यो विषय पद र प्रतिष्ठासँग नगाँसिएको बताएका छन् । उनले भनेका छन्,‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए ।’

यो पनि पढ्नुहोस् ...  अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क

साथै उनले विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिइरहने प्रण गर्दै भनेका छन्, ‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार